हुन त पीडा भोग्नेलाई मात्रै थाहा हुन्छ, भन्नेलाई त जे भनिदिँदा पनि हुन्छ तैपनि कतिपय घटनामा केही धैर्यताको पनि आवश्कयता भने पर्न सक्छ । दुर्घटना भनेकै भवितव्य हो । हुन त मानिसको जीवनको पनि कुनै भर छैन । कहाँ गएर के हुन्छ यसै भन्न सकिने अवस्था हुदैन तैपनि यसो भन्दैमा जीवनमा संघर्ष गर्न छाड्ने कुरा पनि भएन । गत असार २८ गते भएको घटनाले वास्तवमा बारा, पर्सा र रौतहटमा धेरै मानवीय क्षति भएको छ । काठमाण्डौंं जाने सपना बोकेर र घरमा ( गौर ) आउने सपना बोकेका कम्तीमा ६५ यात्रु त्रिशुलीमा बिलाए ।
यसरी बिलाउने मध्येमा जीवनमा केही गर्छु भन्ने धेरै परेका छन । त्यस्तैमा बाराका केही होनाहार नागरिकहरु पनि परेका छन  । उनीहरु त्रिशुलीमा त बगे तर परिवारले छिटो आश मारेको पनि देखिएको छ । हुन त सरकारले केही पनि गरेको छैन पनि नभनौं तर गर्न पर्ने जत्तिको त गरेको छैन । तैपनि खोजी गरिरहेको अवस्थामा अलि छिटो कुशको शव बनाएर दाहसंस्कार गर्न अलि हतार भयो कि ? हुन त त्यो पीडित परिवारको अधिकार हो । तैपनि भारतबाट समेत गोताखोरहरु्र झिकाएर अहिले कम्तीमा लाश खोज्ने काम भइरहेकाले सासको आशा मारे पनि लाशको आशा अहिले नै मार्न हतार नगरौं । किन भने लाश पाउनु पनि त परिवारका लागि एक प्रकारको खुसी मान्न पर्ने अवस्था आउनेछ । खोजी कार्यभइरहेकाले शव  पाइएला नै त्यसैले हतार हतारमा कुशको शव बनाएर काजकृयामा लाग्नु्भन्दा केही दिन कुर्दा उचित होला कि ? जसले गरे सकियो अब बाँकी रहेका परिवारका सदस्यहरुले केही समय धैर्य गर्ने कि ?

Leave a Reply