नरेश गुप्ता

बरियारपुर,जिल्ला प्रहरी कार्यालय बाराले बालबिवाहविरुद्ध सोमबार अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ ।

समुदाय–प्रहरी–साझेदारी कार्यक्रम अन्तर्गत हाम्रो प्रयास संस्थाको आयोजना तथा जिल्ला प्रहरी कार्यालयको सहकार्यमा बाल बिवाहविरुद्ध अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रमुख दिपेन्द्र शाहीको प्रमुख आतिथ्यता तथा समुदाय–प्रहरी सेवा केन्द्रका अध्यक्ष महमद सागिरको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा अभिभावक तथा विद्यार्थीहरुमा बालबिवाहविरुद्ध जनचेतना जगाउनु पर्नेमा कार्यक्रमका बक्ताहरुले ध्यानाकर्षण गराएका थिए । सो अवसरमा महिला तथा बालबालिका कार्यालयका अधिकृत रेखा चौधरी सखी संस्थाका राजेश कुशवाहालगायत जिल्ला प्रहरी कार्यालय मातहतका प्रहरी इकाई कार्यालयका इन्चार्जहरू समेतको सहभागिता रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here