काठमाण्डौ – सरकारले कायममुकायम मुख्यसचिव लीलादेवी गड्तौलालाई मुख्यसचिव बनाउने निर्णय गरेको छ ।
बिहीवार बसेको मन्त्रिपरिषद्को बैठकले गड्तौलालाई मुख्यसचिवमा बढुवा गर्ने निर्णय गरेको हो । नेपालको प्रशासनिक इतिहासमा महिला मुख्यसचिव बनेको यो पहिलोपटक हो ।यसअघिका मुख्यसचिव वैकुण्ठ अर्याललाई भ्रष्टाचारको मुद्दा लागेपछि गड्तौला गएको असार ३१ गते कायममुकायम मुख्यसचिव बन्नुभएको थियो । उमेर हदका कारण उहाँ भदौ १५ गते सेवा निवृत्त हुनुहुनेछ ।

Leave a Reply