वीरगञ्ज,वीरगञ्जको सीमावर्ती भारतीय शहर रक्सौलको सीमा नाका राती ११ बजेसम्म खोल्न वीरगञ्जका व्यवसायीहरुले माग गरेका छन ।वीरगञ्ज उद्योग वाणिज्य सङ्घले बिहीवार सीमा नाका बिहान ५ बजेदेखि राती ११ बजेसम्म खोल्न माग गरेको हो ।सङ्घका वरिष्ठ उपाध्यक्ष हरि गौतम नेतृत्वको टोलीले बिहीवार जिल्ला प्रशासन कार्यालय पर्साका प्रमुख जिल्ला अधिकारी (सिडिओ) हिरालाल रेग्मीलाई एउटा ज्ञापन पत्र बुझाएर वीरगञ्ज भन्सार कार्यालयको गेट बिहान ५ बजेदेखि रातीको ११ बजेसम्म खोल्न माग गरेको हो ।हाल वीरगञ्जमा रहेको भन्सार द्वार बिहान ६ बजे खुलेर राती १० बजे बन्द हुने गरेको छ । मागप्रति सिडिओ रेग्मी सकारात्मक रहेको सङ्घका उपाध्यक्ष माधव राजपालले बताउनुभयो ।सो क्रममा सङ्घका अर्का उपाध्यक्ष मनोज दासको पनि उपस्थिति रहेको थियो ।

















