कृष्णउदास खनाल

गोरखा (भच्चेक),नेपाली काङ्ग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले नेकपा माओबादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड क्रान्ति र शान्तिको नायक भएको बताउनुभएको छ ।

सोमबार गोरखाको पालुङटारमा गठबन्धन दलका चुनाबी सभामा बोल्दै नेता पौडेलले गाउँमा मुलुकमा भएको परिवर्तनको मुख्य ब्यक्ति नै प्रचण्ड भएको बताउनुभयो । प्रचण्डसंग स्पष्ट दृष्टिकोण रहेको पनि उहाँको भनाइ छ ।

यसैबीच सोमबार नै गोरखाको छिमेकी जिल्ला लमजुंगको अल्काटारमा आयोजित चुनावी सभालाई संबोधन गर्दै नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले गठबन्धन समयको माग भएकाले चुनावपछि पनि काँग्रेस र माओवादीको गठबन्धन कायमै रहने बताउनुभयो । आफ्ना पार्टीका महासचिव देव गुरुंगलाई मत माग्दै उहाँले देव गुरुंगको बिजयले लमजुंग जिल्लाको बिकास निश्चित रहेको बताउनुभयो ।

एमाले नेतामाथि आक्रमण

गोरखा,गोरखामा एक जना एमालेका नेतामाथि आक्रमण भएको छ । पालुङटार नगरपालिका–७ स्थित एक रिसोर्टमा आइतबार राति ११ बजे खाना खाइरहेका बेला एमाले गण्डकी प्रदेश सदस्य हरि काफ्लेमाथि आक्रमण भएको नेकपा एमाले गोरखा क्षेत्र नम्बर २ का उम्मेदवार अब्दुस मियाँले बताउनुभयो । खाना खान रिसोर्टमा गएका काफ्लेलाई त्यही रहेका पाँचजना युवाको समूहले आक्रमण गरेको पनि उहाँले बताउनुभयो ।

काफ्लेको टाउकोमा चोट लागेको छ । उनलाई उपचारका लागि काठमाडौं पठाइएको छ । आक्रमण गरेको आरोपमा तनहुँका अजित पन्त र राम थापालाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । आफू चुनाव प्रचारका लागि अन्य स्थानमा भएको समयमा आफ्ना मान्छेमाथि आक्रमण भएको र अनुसंधानको पाटो भने प्रहरीको नै भएको मियाँले कृपा दैनिकसंग भन्नुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here