निजगढ,तिलगंगा आँखा उपचार केन्द्र निजगढले निजगढका सामुदायिक स्वास्थ्य कार्यकर्ताहरुको लागि आयोजना गरेको आँखाको सुरक्षा सम्बन्धि २ दिने आधारभूत तालिम शनिवार सम्पन्न भएको छ ।

निजगढ नगरपालिकाकी नगर उपप्रमुख सोममाया थिङको प्रमुख आतिथ्यतामा समापन कार्यक्रम भएको हो । तालिममा तिलगंगा सामुदायिक आँखा उपचार केन्द्रका हरि कार्की र दिपक सुवेदीले सहभागीहरुलाई प्रशिक्षण प्रदान गर्नुभएको थियो । कार्यक्रममा निजगढ नगरपालिका स्वास्थ्य शाखा प्रमुख रमेश लामा र शाखाका उपप्रमुख मणिश्वर घिमिरेले तालिमको महत्वको बारेमा बोल्नुभएको थियो ।

Leave a Reply