कलैया,बारा प्रहरीले होलीमा नियम उल्लंघन गरेको भन्दै शनिवार ६० भन्दा बढी मोटरसाइकललाई नियन्त्रणमा लिएको छ ।जिल्लाको विभिन्न स्थानबाट ६० भन्दा बढी मोटरसाइकल प्रहरीद्वारा नियन्त्रणमा लिइएको हो । होलीमा एउटै मोटरसाइकलमा दुई जना भन्दा बढी चढेको, हेलमेट नलगाई मोटरसाइकल चलाएको, अत्याधिक गतिमा मोटरसाइकल गुडाएको र मापसे गरेर चलाइएका मोटरसाइकल नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक बिजयराज पण्डितले जानकारी दिनुभएको छ ।नियन्त्रणमा लिएको मोटरसाइकललाई शनिवार दिनभरि प्रहरी कार्यालयमा राखेर चालकलाई सम्झाइ बुझाइ गरि सवारीधनीको जिम्मा दिइएको उहाँले बताउनुभयो ।

Leave a Reply