२०७४ साल मंसिरमा भएको आम चुनावमा पर्साबाट प्रदेश सभा सदस्यमा निर्वाचित भएका थिए, लालबावु राउत । संघीय समाजवादी फोरमको तर्फबाट उम्मेदवार बनेका उनी त्यो चुनावमा बिजयी भए र तत्कालिन राजपाको सहयोगमा उनी मधेस प्रदेशको मुख्यमन्त्री बने । तर, अब अर्को चुनाव आउदै गर्दा भने मुख्यमन्त्रीमाथि स्वयम् उनको पार्टीले समेत आलोचना गर्न थालेको छ ।

एकदिन अगाडि पार्टीका अध्यक्ष उपेन्द्र यादवले नै राउतको राजिनामा माग गरेको कुरा बाहिर आयो तर मंगलबार बिहानैबाट उनको बोली परिवर्तन भएको छ । जे भए पनि लालबावु राउत र उपेन्द्रबीचको सम्बन्ध राम्रो नभएको कुरा स्पष्ट हुन्छ । त्यसो त करिब पाँच वर्षको अवधिमा मुख्यमन्त्री राउतको कार्यकाल भने विवाद रहित रहनसकेन ।

नेपालका सात प्रदेशका मुख्यमन्त्रीहरु परिवर्तन भए पनि लालबावु राउत भाग्यमानी नै हुन्, उनले अब लगभग पूरै कार्यकाल आफ्नो शासन संचालन गर्न भ्याएका छन् । तर, उनले पाँच वर्षको अवधिमा आम नागरिकहरुका लागि भन्दा पनि प्रदेशमा बद्नामका काम धेरै गरे । खास गरी प्रदेश सरकारले संचालन गरेको बेटी पढाऊ, बेटी बचाऊ कार्यक्रम अन्तर्गतको साइकल वितरणमा भएको भनिएको अनियमितताले उनलाई विवादमा तानेको हो । हाल सो बारेमा अख्तियार अनुसन्धान आयोगले समेत छानबिन गरिरहेको छ । यद्यपि यो प्रकरणमा अख्तियारले मुख्यमन्त्री राउतलाई दोषि करार भने गरेको छैन । त्यसैगरी प्रदेशका मठमन्दिर र पोखरी सौन्दर्यकरणको नाममा जथाभावी बजेट खर्च भएको भनेर पनि मुख्यमन्त्री राउतको आलोचना हुने गरेको छ ।

मधेस सरकारमा भएका भनिएका यस्ता अनियमितताका घटनाले आममानिसमा संघीयता गलत थियो कि भन्ने समेत पार्ने प्रयास समेत भएको छ । त्यसैले पनि मुख्यमन्त्रीले समाजका लागि काम गर्नुपर्छ आफ्ना लागि होइन ।

Leave a Reply