मनोज शाह
जीतपुर,बाराका पत्रकार रञ्जन यादवलाई सामाजिक सञ्जालमार्फत गाली बेइज्जती गरेको भन्दै प्रेस सेन्टर नेपाल बारा र पर्सा शाखाले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।जीतपुरसिमरा उपमहानगरपालिकाका वडा अध्यक्षसहितलाई जिल्ला अदालत बाराले सजायको फैसला गरेको विषयमा समाचार लेखेकै निहुँमा पत्रकार यादवविरुद्ध समाजिक सञ्जालमार्फत अपमानजनक शब्द प्रयोग गरेकोप्रति ध्यानाकर्षण भएको विज्ञप्तीमार्फत जनाइएको हो ।

विज्ञप्तीमा भनिएको छ, “जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ जीतपुरका वडा अध्यक्ष सुनिल गुप्तासहित ६ जनालाई अपराधिक उपद्रव मुद्दामा एक महिना कैद र जनही एक हजार जरिवानाको फैसला गरेको विषयमा समाचार लेखेकै आधारमा सीता उप्रेती नामको फेसबुक पेजमा पत्रकार रञ्जन यादवलाई व्यक्तिगत लाञ्छना लगाउने र गाली बेइज्जती गर्नु खेदजनक छ ।”

अदालतले गरेको फैसलाको विषयमा प्रेस सेन्टर नेपाल बाराका अध्यक्ष समेत रहेका पत्रकार यादवले समाचार लेख्दा सामाजिक सञ्जालमा अपमानजनक र अशोभनीय शब्दहरु प्रयोग गरेर व्यक्तिगत चरित्र हत्या गर्ने जनप्रतिनिधिबाट आमजनताले कस्तो आशा अपेक्षा गर्ने ? भनी विज्ञप्तिमा प्रश्न समेत गरिएको छ ।प्रेस सेन्टर पर्साका सचिव शिवनाथ यादवद्धारा हस्ताक्षरित विज्ञप्ती मार्फत स्थानीय सरकारको जिम्मेवार पदमा बस्ने व्यक्तिले सामाजिक सञ्जालमाप्रयोग गरेको भाषा, शैली र शब्द मुलुकी अपराध संहिता २०७४ को परिच्छेद–२ को गाली बेइज्जती सम्बन्धी कसूर तथा साईबर अपराधको कानुन समेत आकर्षित हुने उल्लेख गर्दै दोषीलाई हदैसम्मको कानुनी कारबाहीको जोडदार माग गरिएको छ ।

Leave a Reply