कलैया,बाराको बसतपुरमा एक गोठमा सोमवार भएको आगलागीले चार लाख ३० हजार बराबरको धनमाल जलेर नष्ट भएको छ।जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २० बसतपुर बस्ने भिखारी महरा चमारको गोठमा लामखुट्टे धपाउनको लागी बालेको आगोबाट आगलागी भएको हो।

आगलागीबाट गोठ र गोठमा रहेको पराल पूर्ण रुपमा जलि नष्ट भई चार लाख ३० हजार मूल्य बराबरको क्षति भएको छ । आगलागीबाट दुई वटा भैसी जलेर गम्भीर अवस्थामा घाइते रहेको छ। आगलागीबाट मानवीय क्षति नभएको प्रहरीले जनाएको छ। उक्त आगो स्थानीय नागरिक वारुणयन्त्र र नेपाल प्रहरीको सहयोगमा पूर्ण रुपमा नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले जानकारी दिन्भएको हो ।



















