विश्वको समाज नै महिला र पुरुषबाट बनेको छ । महिला र पुरुष मध्ये एकलाई अलग राखेर हेरियो भने यो संसारको संरचना नै तहसनहस हुन्छ र मानिस,मानिस नै रहदैन ।त्यसैले पनि महिला र पुरुष समाजमा एक अर्काकाका परिपूरक हुन् तर यसो भएपनि कतिपय अवस्थामा महिलाहरु एक्लै बस्न बाध्य हुन्छन् । ३५ वर्ष कटेका अविवाहित महिला बाहेक सबै एकल महिलाको केही न केही पीडा नै हुन्छ बाध्यता नै हुन्छ । कुनैपनि विवाहित महिलाालई एकल बस्न मन लाग्ने कुरै भएन ।
बाध्यता र परिवेशले महिला एकल हुने हो अनि ती महिलामाथि समाजको त यसै पनि हेंलाको भाव हुन्छ नै घर परिवारले समेत अपमान गरेको खण्डमा ती महिलाको अवस्था कस्तो होला ? तैपनि महिलाहरुले भाग्दै आइरहेका छन् । पछिल्लो समय रौतहट जिल्लमा एकजना एकल महिलाले यस्तै समस्या झेल्न परेको कुरा आएको छ । महिलाहरुले पनि यो कुरा राम्रोसंग बुझनुपर्दछ कि एकल भनेको जो जहा जति बेला पनि हुन सक्छ ।

त्यसैले पनि हेंला गर्न हुन्न । राज्यले त एकल महिलालाई कानुनी रुपमा त सम्मान गरेको छ तर व्यवहारिक रुपमा अझैपनि एकल महिलाहरु प्रताडित हुन परेको अवस्था छ । यसको अन्त्य हुनुपर्दछ ।समाजमा हरेक व्यक्तिले यो कुरा पनि बुझ्न आवश्यक छ कि एकल महिला जो पनि हुन सक्छ भनेर । त्यसैले महिला या एकल वा कसैलाई पनि विभेद नगरौं, एकल महिलालाई त झन् त्यस्तो व्यवहार गर्दैनगरौं ।

Leave a Reply