कृष्ण मोहन साह
सेढवा,पर्साको जगरनाथपुरको चन्दावती नदीमा एक अपरिचित महिलाको शव फेला परेको छ ।
जगरनाथपुर गाँउपालिका वडा नम्बर ४ जगरनाथपुर गाँउस्थित चन्द्रावती खोलामा सोमवार बिहान सडेगलेको अवस्थामा एक महिलाको शव भेटिएको हो ।खोलाको छेउमा विवाहित जस्तो देखिन महिलाको शरीर आधा सडेगलेको अवस्थामा शव भेटिएको प्रहरीले जनाएको छ । शवको सनाखत हुन सकेको छैन ।शव पोष्टमार्टमका लागि वीरगन्जस्थित नारायणी अस्पतालमा पठाइएको र घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

Leave a Reply