जीतपुर,जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघको बरिष्ठ उपाध्यक्षमा मनोजकुमार गुप्ता निर्वाचित हुनुभएको छ । गुप्ता ५९ मतको मतान्तरले निर्वाचित हुनुभएको हो । बरिष्ठउपाध्यक्ष सहित नयाँ कार्यसमिति चयनका लागि शनिवार भएको निर्वाचनबाट गुप्ता निर्वाचित हुनुभएको हो । मतगणनाको अन्तिम मतपरिणाम अनुसार गुप्ताले ३१९ मत प्राप्त गर्नुभएको छ ।

उहाँका निकटतम प्रतिद्वन्दी ओमप्रकाश गुप्ताले २६० मत प्राप्त गर्नुभएको छ ।सोही पदका अर्का उम्मेदवार रामचन्द्र पौडेलले २३७, दिनेशप्रसाद कलवारले १२० र अनिलकुमार साहले ११ मत प्राप्त गर्नुभयो ।

यसैगरी वाणिज्यतर्फको उपाध्यक्षमा गजेन्द्रप्रसाद गुप्ता निर्वाचित हुनुभएको छ । गुप्ता ३०० मत प्राप्त गर्दै निर्वाचित हुनुभएको हो । उक्त पदका अन्य उम्मेदवार मोहन साह कलवारले २११, अर्जुन लम्सालले १६६, सन्तोषकुमार गुप्ताले १३४ र रामायणप्रसाद साहले १४ मत प्राप्त गर्नुभएको छ ।

यता उद्योगतर्फको उपाध्यक्षमा बिजयकुमार साह (सन्तोष) निर्वाचित हुनुभएको छ । साह ४७ मत प्राप्त गर्दै बिजयी हुँदा उहाँका निकटतम प्रतिद्धन्दी दिपक गुप्ताले ३२ मत प्राप्त गर्नुभएको थियो ।

संघको महासचिव पदमा प्रकाश गिरीले जित हात पार्नुभएको छ । गिरी ४८५ मत प्राप्त गर्दै फराकिलो मतान्तरले निर्वाचित हुनुभएको हो । उक्त पदका अन्य उम्मेदवार लक्ष्मण अधिकारीले २७३ र अनिल तिवारीले १८२ मत प्राप्त गर्नुभयो ।

कोषाध्यक्ष पदमा रामबाबु कलवार निर्वाचित हुनुभएको छ । कलवार पनि फराकिलो मतान्तरले निर्वाचित हुनुभएको हो । कलवारले ५८५ मत प्राप्त गर्दा अर्का प्रत्यासी अमरप्रसाद यादवले ३१५ मत प्राप्त गर्नुभएको छ ।

वाणिज्यतर्फको सचिवमा पदमा विष्णुप्रसाद अधिकारीले २२७ मत प्राप्त गर्दै निर्वाचित हुनुभएको छ । सोही पदका उम्मेदवार कृष्णप्रसाद साहले १९८, गीता शर्माले १४३, श्यामबाबु साहले ११६, शान्ताकुमारी बजगाई (रिना) ले ७१ मत र रमेश खरेलले ५९ मत प्राप्त गर्नुभयो । उद्योगतर्फको सचिवमा भने मुकेश साह यसअघि नै निर्विरोध निर्वाचित हुभएको थियो ।

यसैगरी वाणिज्यतर्फको सात सदस्यमा सन्तोष कुशवाहा, तसौवर हुसेन, राजुप्रसाद साह, विन्देश्वरीप्रसाद साह, प्रदिप कुमार, रीता कँडेल र आशा दाहाल निर्वाचित भएका छन् ।

यस्तै उद्योगतर्फको तीन सदस्यमा राकेशप्रसाद गुप्ता ५७, राजेशकुमार प्रसाद साह ५६ र रीना रौनियार पुरीले ५५ मत प्राप्त गर्दै निर्वाचित हुनुभएको छ ।

कुल १३ सय पाँच मतदाता मध्ये निर्वाचनमा वाणिज्यतर्फ आठ सय ९२, उद्योगतर्फ ८२ र एसोसियटतर्फ तीन मत खसेको थियो । संघको विधान अनुसार बरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने प्रावधान रहेका कारण उक्त पदमा तीव्र प्रतिस्पर्धा भएको थियो । विद्यान अनुसार यसअघिका वरिष्ठ उपाध्यक्ष मोहन शर्मा यस अघि नैं अध्यक्षमा निर्विरोध निर्वाचित भइसक्नु भएको थियो । शर्मा अध्यक्षमा निर्वाचित भएपछि बाँकी अन्य पदका लागि निर्वाचन भएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here