वीरगञ्ज,जिल्ला प्रहरी कार्यालय पर्साको टोलीले परवानीपुरबाट लुकाई राखेको ७० रासायनिक मल बरामद गरेको छ । प्रहरी चौकी परवानीपुरको नजिकैको दीपेश साहको पसलमा लुकाएर राखेको ७० बोरा डीएपी र युरिया रासायनिक मल जिल्ला प्रहरी कार्यालय पर्साको टोलीले सोमवार साँझ बरामद गरेको हो ।

कृषि सहकारीमार्फत किसानहरुलाई रासायनिक मल वितरण गर्ने व्यावस्था भएपनि कृषि सहकारीका सञ्चालकहरुले स्थानीय जनप्रतिनिधिको मिलिमतोमा रासायनिक मलको कालोबजारी गर्ने गरेका छन् । परवानीपुरमा बरामद गरिएको उक्त रासायनिक मल पनि कृषि सहकारीबाट किसानलाई वितरण नगरी कालोबजारी गरेर बिक्री गर्न राखेको हुनसक्ने प्रहरीको अनुमान छ ।रासायनिक मल वितरणमा स्थानीय जनप्रतिनिधिको सिफारिस आवश्यक हुने भएकोले मल वितरण गर्ने कृषि सहकारी संस्थामा रासायनिक मल नहुनु र व्यक्तिको पसलमा ७० बोरा मल फेला पर्नुले पनि रासायनिक मल कालाबजारीमा वडाका जनप्रतिनिधिहरुको संलग्नता रहेको हुनसक्ने आशंका गरिएको छ ।मल लुकाएर राखेको सूचना पाएको जिल्ला प्रहरी कार्यालय पर्साको टोलीले नियन्त्रणमा लिएर लगेको परवानीपुर प्रहरी चौकीका इञ्चार्ज प्रहरी नायव निरीक्षक हेमबहादुर पनेरुले जानकारी दिनुभयो ।

Leave a Reply