निजगढ,निजगढ ७ स्थित बिद्यासागर ईङ्गलिस बोडिङ्ग स्कुलका विद्यार्थीहरुको बाल क्लबले मानव कल्याण समाज आश्रमलाई शुक्रवार खाद्यान सहयोग गरेको छ ।क्लबका विद्यार्थीहरुले आश्रममा चामल, चाउचाउ, दालमोट, चिउरा, पिठोे, साबुन लगायतका सामाग्री सहयोग गरेका हुन । क्लबकी अध्यक्ष साहना पौडेलले निजगढ ४ स्थित समाजको आश्रममै पुगेर सामाग्री हस्तान्तरण गर्नुभएको हो । विद्यालयको कक्षा ४ देखि १० सम्म अध्ययरत गर्ने विद्यार्थीहरुले बालक्लबमार्फत संकलन गरेको रकमबाट खाद्यान्न खरिद गरेर आश्रममा वितरण गरिएको अध्यक्ष पौडेलले जानकारी दिनुभयो ।कार्यक्रममा बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष भोलाप्रसाद गौतम, विद्यालयका प्रिन्सिपल अभिषेक मिश्र, क्लबका संरक्षकद्धय शिक्षक कैलाश धिताल र सरु बस्नेत लागयतको उपस्थित रहेको शिक्षक कैलाश धितालले जानकारी दिनुभयो ।

Leave a Reply