कलैया,चितवनको भरतपुर महानगरपालिका– २९ को सिमलतालमा लेदोसहितको पहिरोमा परेको एञ्जल डिलक्स प्रालिको ०३००६ ख १५१६ नम्बरको बससंगै बाराको कलैया उपमहानगरपालिका वडा नम्बर ६की २५ वर्षीय श्रृष्टि यादव र उनको परिवारको सपना पनि बगाएको छ ।वीरगन्जबाट काठमाडौं जाने क्रममा पहिरोमा परेर त्रिशुली नदीमा बेपत्ता बनेको श्रृष्टि सवार बस हालसम्म पनि फेला परेको छैन । बससंगै उनी पनि त्रिशुली नदीमा बेपत्ता छिन् ।
रोजगारीको लागि जापानको एक सैनिक अस्पतालमा आवेदन गरेकी श्रृष्टि सोही क्रममा काठमाण्डौं जादै थिइन । शनिवार काठमाण्डौंमाजापान जान परीक्षा रहेका कारण उनी बिहिवार राती नै वीरगञ्जबाट काठमाडौंतर्फ लागेकी हुन । उनले परिवारसंग सरसलाह गरेरनै जापान जाने तयारी गरेकी हुन ।
श्रृष्टि जगदीशप्रसाद यादव र सुमित्रा देवी यादवको पहिलो सन्तान हुन । तिन वर्षअगाडि एसईई परीक्षा उर्तिण गरेकी श्रृष्टिले रेडियो ग्राफीको दुई वर्षे तालिम पुरा गरेपछि उनी पर्साको सखुवा प्रसौनी गाउँपालिकामा रेडियो ग्राफररुपमा २०७९ साल चैतबाट करारमा कार्यरत थिइन् ।करीव डेढ वर्षदेखि सखुवा प्रसौनीमा कार्यरत उनलेआफुसंग रहेको सीप र ज्ञानले नेपालमा भन्दा जापानमा राम्रो कमाई हुने र परिवारको जीवन सुधार गर्न सहयोगपुग्ने विश्वास लिएर जापान जाने योजना बनाएकी थिइन ।जगदीश र सुमित्राको अर्की २२ वर्षीय छोरी अर्चना र १८ वर्षीय छोरा अनुराग पनि छन । अर्चना जनकपुरमा बसेर लोकसेवाको तयारी गर्दैछिन भने अनुराग काठमाण्डौँमा अध्ययन गर्दैछन । भाइ र बहिनीको पठाइको सबै खर्च श्रृष्टि र उनका बुवा जगदीशको कमाइले धानेको थियो ।
श्रृष्टिका बुवा जगदीश बाराको जीतपुरसिमरा उपमहानगरपालिकामा रहेको न्यु फोड्ली एग्रो बिजनेस प्रालिमा बजार व्यावस्थापकको रुपमा कार्यरत हुुनुहुन्छ ।यात्राको क्रममा रातको करिब १० बजे र १० मिनेटमाश्रृष्टिले आफ्नो बुवा जगदीशलाई फोन गरेर आफु जापान जानका निम्ति परीक्षा दिन काठमाण्डौँ जादै गरेको सुनाएकी थिइन । यहीँ क्रममा श्रृष्टिले आफु शनिवारनै वीरगञ्ज फर्किने पनि जानकारी गराएको बुबा जगदीशले सुनाउनुभयो । ‘परीक्षा सकेर शनिवार नै वीरगञ्ज फर्किन्छु भन्थिन, उहाँले भन्नुभयो, शायद अब कहिल्यै घर नफर्किने भइन । जगदीशले भन्नुभयो, पहिरोले बससंगै हाम्रो परिवारको सपना पनि नदीमा बगायो ।’जगदीशले छोरीश्रृष्टिले बस चढनुभन्दा अगाडि जानकारी गराएको भए आफूले बसको यात्रा नगर्न भनेर सल्लाहा दिने पनि बताउनुभयो । ‘प्लेनमा जाउ भन्थ्येँ, तर बसमा चढेर अबेरमात्रै खबर गरिन, उहाँले भन्नुभयो, मैले केही सल्लाहा दिनै सकिन । आज यस्तो खबर सुन्नुप¥यो ।’

















