जनकपुरधाम,मधेस प्रदेश सरकारको बजेटमा भएको त्रुटिबारे छानबिन गर्न उच्चस्तरीय छानबिन समिति गठन गर्ने निर्णय भएको छ ।आइतवार बसेको मधेस प्रदेश सभाको बैठकको सुरुमै सभामुख रामचन्द्र मण्डलले उच्चस्तरीय छानिबिन समिति गठन गर्ने निर्णय भएको जानकारी दिनुभएको हो । । उच्चस्तरीय छानबिन समिति गठन र कार्यजिम्मेवारी निर्धारण गर्न मुख्यमन्त्री सतिशकुमार सिंह र निवर्तमान मुख्यमन्त्री सरोजकुमार यादवलाई जिम्मा दिइएको सभामुख मण्डलले बताउनुभयो ।बजेटमा त्रुटी भएको सरकारले स्वीकार गरेको भन्दै जसपा नेपालले उच्चस्तरीय छानबिन समिति गठनको माग गर्दै आइरहेको थियो ।जसपा नेपालले उच्चस्तरीय छानबिन समिति गठनका साथै बजेट संशोधन र सबै क्षेत्रमा सन्तुलित बजेट विनियोजन हुनुपर्ने माग गर्दै आएको छ ।


















