पोखरिया,पर्साको पोखरिया नगरपालिकामा ७ करोडको बजेट किर्ते गरी टेण्डर गरेको घटनामा आफ्नो कुनै संलग्नता नभएको नगरपालिकाकी उपप्रमुख सलमा खातुनले स्पष्ट पार्नुभएको छ । मंगलबार एक प्रेस विज्ञप्ती जारी गर्दै उपप्रमुख खातुनले स्थानीय सरकार सञ्चालन ऐन २०७४ बमोजिम पालिकाका आर्थिक गतिविधि, टेन्डरलगायतको विषयमा सुरुदेखि कुनै किसिमको सहभागिता नरहेको जानकारी गराउनुभएको हो । पोखरिया नगरपालिकाका नगरप्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत लगायतको मिलेमतोमा ७ करोडको बजेट किर्ते गरी टेण्डर गरेको भन्ने समाचारमा आपत्ति जनाउँदै उपप्रमुख खातुनले आफ्नो संलग्नता नरहेको र उक्त टेण्डरको बारेमा आफुलाई कुनै जानकारी नै नभएको बताउनुभएको छ ।

विगतदेखि नै नगरपालिकाको ढिलासुस्ती, अपारदर्शीता, अनियमितता, गैरजिम्मेवार लगायतको विरुद्धमा सशक्त रुपमा आवाज उठाउँदै आएको बताउँदै खातुनले कुनै पनि अनियमितता र आर्र्थिक हिनामिना भएमा निष्पक्ष रुपमा छानविन हुनुपर्ने विज्ञप्तिमा उल्लेख गर्नुभएको छ । आफुले सदैव निष्पक्ष, इमान्दार एवम् पारदर्शी जनप्रतिनीधि बन्ने र जनताका समस्या तथा आवाज उठान गर्ने प्रयत्न हरसम्भव गरीरहेको दाबी पनि उहाँले गर्नुभएको छ ।

पोखरिया युवा समाजका अध्यक्ष भगवान दास तात्वासहितका युवाहरुले ३० प्रतिशत कमिशनको मिलेमतोमा नगरपालिकाका तत्कालिन प्रमुख प्रशासकीय अधिकृत अमित गिरीको डिजाईनमा प्रमुख दिपनारायण रौनियार, उपप्रमुख खातुन सहितको संलग्नतामा ७ करोडको किर्ते योजनामा टेण्डर भएको आरोप लगाउदै आएका छन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here