नरेश गुप्ता
बरियारपुर,टिपरको ठक्करबाट बाराको महागढीमाईमा एक साइलक यात्री शनिबार गम्भीर घाइते भएका छन ।
महागढीमाई नगरपालिका वडा नम्बर ९ स्थित हुलाकी राजमार्गको थलही पुल नजिक टिप्परको ठक्करबाट सिम्रौनगढ नगरपालिका वडा नम्बर ९ कचोरवा निवासी वर्ष ४३ का रामबाबु दास गम्भीर घाइते हुनुभएको हो ।
सिम्रौनगढबाट कलैयातर्फ आइरहेको प्रदेश नम्बर २ ०३–००–१ क ०७३८ नम्वरको टिपरले सोही दिशातर्फबाट साईकलमा आइरहेका दासलाई ठक्कर दिएको हो । गम्भीर घाइते दासको प्रादेशिक अस्पताल कलैयामा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
दुर्घटनापछि गिटी, बालुवा लोड भएको टिपर भाग्दै गर्दा ट्राफिक पोष्ट कलैयाले टिपरलाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय बाराको जिम्मा लगाएको छ । घाइते दासको टाउको ढाँड, पिठ्यु, तिघ्रा र पेटको तल्लो भागमा गम्भीर चोट लागेको छ । तीव्र गतिका कारण अनियन्त्रित बनेको टिपरले साइकल यात्रीलाई ठक्कर दिएको बताइएको छ ।
यसैगरी भारतीय स्कार्पियोको ठक्करबाट मोटरसाइकल चालक गम्भीर घाइते बनेका छन ।
सुवर्ण गाउँपालिका वडा नम्बर ८ भिस्वा चौकस्थित बि आर ०१ पि बि ८६२७ नम्बरको भारतीय स्कारपियोले अर्को बि आर ०३ –९९५ नम्बरको अर्को भारतीय मोटरसाइकललाई ठोकिदा मोटरसाइकललाई ठक्कर दिदा सोही ठाउँ बस्ने वर्ष २५ का चाल नसिर मिया घाइते हुनुभएको हो ।
ठक्कर दिने स्कार्पियोका चालक रौतहट ईशनाथ नगरपालिका वडा नम्बर ७ का महमद उल्लाह मियालाई स्कार्पियोसहित बारा प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । स्थानीय निर्वाचन नजिकिदै जादा बारामा भारनीय सवारीसाधनको चाप बढ्न थालेपछि संम्बन्धित निकाएको ध्यानाकर्षण हुनु जरुरी रहेको सर्वसाधारणले बताएका छन ।