सिमरा,नेपाल राष्ट्रिय शिक्षक संगठन नगर कमिटी जीतपुरसिमराले नगर प्रमुख राजन पौडेल र उपप्रमुख भोलाप्रसाद अधिकारीलाई नगरको शैक्षिक गुणस्तर अभिबृद्धि गर्नका लागि १३ बुदेँ सुझावसहित ज्ञापन पत्र बुझाएको छ ।
ज्ञापन पत्रमा नेपाल राष्ट्रिय शिक्षक सङ्गठन, नगर कमिटीको जेठ २ गतेको बैठकको निर्णयानुसार जीतपुरसिमराभित्रका सामुदायिक विद्यालयहरुको शैक्षिक गुणस्तर अभिबृद्धि गर्नका लागि नगरप्रमुख पौडेल र उपप्रमुख अधिकारी समक्ष १३ बुँदे सुझावसहितको ज्ञापनपत्र बुझाएको हो ।

नेपाल राष्ट्रिय शिक्षक संगठन नगर कमिटी जीतपुरसिमराका अध्यक्ष पिताम्बरप्रसाद चौधरी र सचिव सतेन्द्रप्रसाद यादवको संयुक्त हस्ताक्षरमा जारी गरिएको विज्ञप्तिमा शैक्षिक सुधारको लागि सुझावसहित ज्ञापन पत्र बुझाइएको सचिव यादवले जानकारी दिनुभयो । उहाँले आफूहरुले दिएको सुझावहरु रचनात्मक ढङ्गले कार्यान्वयन गर्न गराउनका आग्रह गरिएको छ ।
यसैबीच ज्ञापन पत्र बुझाउन जीतपुरसिमरा उपमहानगरपालिका पुगेका नेपाल राष्ट्रिय शिक्षक सङ्गठनले महासघंको नगरमा पठाइएको प्रतिनिधिको लागि दिइएको सहमति फिर्ता लिएको जनाएको छ । महासंघले नगरभित्रका पेशागत सघं संगठनहरूको सहमतिमा शिक्षक महासंघको तर्फबाट शङ्करकुमार आचार्यलाई प्रतिनिधिको रुपमा पठाइएको थियो । महासंघको सहमति अनुसार एक शैक्षिक सत्रको कार्यकाल हुने गरी पठाइएकोमा चैत्र ३० पछि आचार्यलाई दिएको समर्थन फिर्ता लिएको विज्ञप्तिमार्फत जनाइएको छ ।
















