पुष्पराज खतिवडा

मनहर्वा,जीतपुरसिमरा उपमहानगरपालिकाको छैठौं नगरसभा स्थगित भएको छ । कार्यपालिका बैठकलाई वाईपास गरी नगरसभा गर्न खोजिएको भन्दै सदस्यहरुले विरोध गरेपछि नगरसभा स्थगित भएको हो ।

नपरप्रमुख राजन पौडेलले एकलौटी ढङ्गबाट निति, कार्यक्रम र बजेट तयार गरी जबरजस्ती नगरसभा आयोजना गर्न खोजेपछि सोको विरोध भएको कार्यपालिका सदस्य हरिदेव खरेलले बताउनुभयो । नगरपालिकाका विभिन्न समितिले तयार पारेको प्रतिवेदन निति तथा कार्यक्रममा नपरेको र बजेटको सलिङ्ग पनि मनपरी ढङ्गले गरिएको हुँदा कार्यपालिका सदस्यहरुले विरोध गुर्नपरेको उहाँले सुनाउनुभयो ।

नगरपालिकाले आगामी आर्थिक वर्ष २०७९÷०८० को लागि १ अर्ब ५५ कारोड रुपैयाको बजेट ल्याउने तयारी गरेको थियो । नगरभित्रका २४ वडाका लागि २८ करोड ३२ सिलिङ्ग तय गरिएको वडा अध्यक्ष खरेलले जानकारी दिनुभयो । ‘नगरसभा सदस्यहरुले बाँकी रकमको औचित्य पुष्टि गर्न आग्रह गर्दै नगर प्रमुखलाई प्रश्न सोधेका थिए, उहाँले भन्नुभयो, तर मेयर पौडेलले त्यसको प पुष्टि गर्न चाहानुभएन ।’

नगरसभामा प्रस्तुत हुने कार्यक्रम तथा बजेटका सम्बन्धमा कार्यपालिका बैठकमा पर्याप्त छलफल गरी ल्याउनु पर्नेमा मेयर पौडेलले छलफल नगरेपछि जनप्रतिनिधिहरु आक्रोशित बनेको र नगरसभा हुने वातावरण बिग्रिएको अर्का कार्यपालिका सदस्य सुनिल गुप्ताले बताउनुभयो । उहाँले नगरका कर्मचारीसँगको मिलेमतोमा नगर प्रमुख पौडेलले विधि र प्रकृयालाई मिच्चे प्रयास गरेरको आफूहरुले सोको विरोध गरेको सुनाउनुभयो ।

उपमेयर भोला अधिकारीले पनि केही प्राविधिक त्रुटीका कारण नगर सभा स्थगित हुने अवस्था आएको बताउनुभयो । ‘प्राविधिक रुपमा तयारी गर्नुपर्ने कतिपय विषयलाई मेयर साहेबबाट बेवास्था गर्ने प्रयास गरियो, उपमेयर भोला अधिकारीले भन्नुभयो, ‘फलस्वरुप नगरसभा स्थगन गर्नुपर्ने अवस्था उत्पन्न भयो ।’

नगरप्रमुख पौडेलले कार्यपालिका बैठकमा आवश्यक विषय र पद्धतिका सन्दर्भमा भन्दा व्यक्तिगत लाभ र सन्दर्भ बाहिरका कुरा झिकेर बखेडा भइरहेपछि कानुनी प्रकृया अनुसार नै नगरसभा बोलाइएको बताउनुभयो । ‘कार्यपालिका सदस्यहरुले उठाएका विषयमा फेरि पनि पर्याप्त छलफल गरी सल्टाउँदै लैजान सकिन्छ, मेयर पौडेलले भन्नुभयो, ‘कानुनले तोकेको समयसिमाभित्रै नगरसभा आयोजना गर्ने प्रयास गरिएको छ ।’ उहाँले शुक्रवारको सभा हुन नसके पनि छलफल र सहमतिको प्रयासलाई निरन्तरता दिँदै कानुनी प्रकृया अनुसार नगरसभा हुने बताउनुभयो ।

समहतिबाट निकास निस्कने नदेखिए नगर सभा संचालन नियमावली २०७५ अनुसारअघि बढ्ने उहाँले बताउनुभयो । सो एनको दफा ५ मा पहिलो, दोस्रो र तेस्रोपकट सभा बोलाउन सकिने उल्लेख छ । पहिलो र दोस्रो सभाका लागि ५१ तर तेस्रो पटकमा भने २५ प्रतिशत नगर सभा सदस्यको उपस्थितिलाई गणपुर संख्या मानिने उल्लेख छ ।

Leave a Reply