सिमरा,बारा बिश्रामपुर गाउँपालिकास्थित गायक योगेश्वर अमात्यको१२ बिगाह जग्गा किर्ते गरी बैंकबाट ऋण लिने आठ जनालाई विशेष अदालतले कैद सजाय सुनाएको छ ।अर्काको नामको जग्गा किर्ते गरी १९ करोड ऋण लिएको अभियोगमा अदालतले दुई जनालाई चार वर्ष, दुई जनालाई दुई वर्ष र चार जनालाई एक वर्षको कैद सजाय सुनाएको हो । विशेष अदालतका सदस्य डा. खुशीप्रसाद थारु, तेजनारायण सिंह राई र रितेन्द्र थापाको इजलासले पाँच जनालाई सात करोड ६० लाख र चार जनालाई ३ करोड ८० लाख जरिवाना समेत तोकेको छ ।

अदालतले रेशमबहादुर सिलवाल र उविन्दराज शाक्यलाई चार÷चा वर्ष तथा सात करोड ६० लाख जरिवाना तोकेको हो । यसैगरी मुक्तिनाथ गौतम र एसकुमार महर्जनलाई दुई÷दुई वर्ष कैद र सात करोड ६० लाख जरिवाना तोकिएको छ ।
यसैगरी रामप्रसाद अधिकारी, ईश्वर पोखरेल, शोभा शाक्य र कुशन प्रधानलाई एक÷एक वर्षका दरले कैद र जनही तीन करोड ८० लाख जरिवाना निर्धारण गरिएको छ । मालपोत कार्यालय बाराको छाप र कागज नक्कली बनाएर सोही कागजातका आधारणमा कुमारी बैंकबाट ऋण लिएको आरोपमा उनीहरुविरुद्ध मुद्धा दायर भएको थियो ।आफू संचालक रहेको बिल्वा भूमि वन प्रा.लिको नाममा रहेको१२ बिगाह जग्गाबाट बैंकले ऋण प्रवाह गरेको जानकारी पाएपछि गायक अमात्यले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोमा जाहेरी दिनुभएको थियो । उक्त जग्गाको किर्ते कागजातका आधारमा काठमाडौं न्यूरोडस्थित कुमारी बैंकबाट १९ करोड ऋण प्रवाह भएको थियो ।

Leave a Reply