कलैया,राष्ट्रिय युवा संघ नेपालको केन्द्रीय कमिटीले बारा जिल्लाका ४ जना युवा नेताहरुको पदीय जिम्मेवारी हेरफेर गरेको छ ।संघले गरेको कार्यविभाजनमा बाराका चार जनाले विभिन्न जिम्मेवारी पाएका छन् । संघको केन्द्रीय उपाध्यक्ष रहेकी बाराकी सीता सुवेदीले महिला सशक्तीकरण अभियानको प्रमुखको जिम्मेवारी पाउनुभएको छ ।
संघले केन्द्रीय सचिव मोबिन आलमलाई प्रकाशन विभागको प्रमुख तथा लागुऔषध दुव्र्यसनी विरुद्धको अभियानमा सचिवको जिम्मेवारी दिएको छ ।त्यसैगरी संघको केन्द्रीय कमिटीका सदस्य तिलक घलान र लक्ष्मी आचार्य (भावना) लाई स्थायी कमिटीको जिम्मेवारी दिइएको छ । स्थायी कमिटीसंगै घलानलाई बारा जिल्ला इन्चार्ज र आचार्यलाई मधेस प्रदेश सहइन्चार्जको जिम्मेवारी तोकिएको हो ।कार्य विभाजनसंगै संघले देशमा बढेको महंगी, भष्ट्राचार, सामाजिक अराजकतालगायत जनसरोकारका विषयमा केन्द्रीत रहेर सात वटै प्रदेशमा सभा गर्ने भएको छ ।जसअनुसार मधेस प्रदेशको जनकपुरमा माघ १३ गते सभा हुने भएको छ । संघले सर्कुलर जारी गर्दै केन्द्रीय कमिटीमा रहेका पदाधिकारी र सदस्यको जिम्मेवारी हेरफेर र कार्य विभाजन गरेको जनाएको हो ।

Leave a Reply