हुन त विश्वमा अन्त कतै सवारी दुर्घटना हुदैनन भन्ने पनि होइन । हाम्रै छिमेकी देश भारतमा दैनिक सवारी दुर्घटनामा परेर सयौंको ज्यान गइरहेको हुन्छ ।नेपालमा हरेक दिनजसो सवारी दुर्घटना नभएको घटनाहरु कमै हुन्छन् । दोष त सजिलैसंग सडकलाई दिने गरिन्छ । वास्तवमा सवारी दुर्घटनामा मुख्य दोषी सडक देखिए पनि त्योभन्दा बढी दोषी त मानिस नै हुने गर्दछ अझ नेपालको सवालमा त सरकार यसको मुख्य जिम्मेवार छ । हुन त सरकार पनि कसको पालाको भन्ने भन्ने प्रश्न उठ्ला, आज सरकार एउटाको नेतृत्वमा हुन्छ भोलि अर्कोमा बन्छ नेपालमा ।

तैपनि जसको नेतृत्वमा सरकार गठन भएपनि यी सबै दोषी छन् । राजा महेन्द्रले जवरजस्त ऊ बेलामा कोरिदिएको सडकमा आज जथाभावी उत्खनन् अनि बाटो बढाउने वा मिलाउने वा मिलाउन समेत नदिने सोचका कारण पनि भयानक सडकमा दुर्घटना हुने गरेको छ । जसले सयौंको ज्यान जाने गरेको छ । शुक्रवार राति पनि यस्तै भयानक दुर्घटना भएको छ । जसका कारण मधेसका केही नागरिकहरु अझै हराइ रहेका छन् । पर्सा र रौतहटका केही बस्तीमा रुवावासी नै छ ।
नेपालमा रहेका राज्यका निकायहरुको एकदमै बद्मासी छ । सडकको अवस्थाको विषयमा हेर्नका लागि, त्यसको अवस्थाका विषयमा जानकारी लिनका लागि ट्राफिक प्रहरी छ । कहाँको सडक कस्तो छ, कुन अवस्थामा छ भन्ने कुराको सामान्य हेक्कासमेत ऊसंग छैन ।सडक विभागले वर्षेनी अबौं सकेर बाटो बनाएको भन्छ तर सडकमा सुधार भने आउदैन । मुग्लिन नारायण सडककै कुरा गर्ने हो भने पनि त्यो सडकमा पाँच वर्षमा खर्बभन्दा बढी रकम सकिएको छ तर परिणाम यस्तो भयानक छ अनि दोषी सडक कि मान्छे ?















