गएको हप्ता नेपालमा त्रिभुवन अन्तर्राष्टिय विमानस्थलबाट नै भारी मात्रामा सुन आयात हुने क्रममा बरामद भएको छ ।सुन बरामद भएपछि विभिन्न कुराहरु आएका छन् । राजनीतिक दलहरुमा अहिले गज्जबको आरोपप्रत्यारोपको श्रृखला बढेको छ । विशेष गरी प्रतिपक्ष दल एमालेले यो विषयलाई निकै जोडतोडले उठाएको छ । एमालेले सुन तस्करीका सवालमा बाहालवला गृहमन्त्रीको भूमिकाको विषयमा प्रश्न उठाएको छ । विमानस्थलबाट सुरक्षा घेराबाट सुन कसरी भित्रियो भन्ने एमालेको प्रश्न छ ।यो प्रश्न आफैमा जायज भए पनि फेरि गहमन्त्रीकै संलग्नताका विषयमा भने प्रश्न उठ्नु आफैमा बिडम्बनाको कुरा हो । त्यसो त विमानस्थलमा सुरक्षा घेरा तोडेर प्रधानमन्त्रीको माताहातको कार्यालयबाट सुन बरामद हुनु पनि गृहमन्त्री र अर्थमन्त्रीका सवालमा प्रश्न उठ्ने ठाउँ चैं छ । राजनीतिक स्वार्थका लागि भने यो हतियार प्रयोग गर्न हुन्न । त्यसो भए चैं घातक हुनेछ ।राजनीतिक स्वार्थका लागि आरोपप्रत्यारोपमा लाग्नु ठीक होइन तर यदि मन्त्रीहरुको संलग्नताका विषयमा कुरा उठेपछि प्रधानमन्त्री पनि सचेत बन्नु पर्दछ । फेरि अहिलेकाका गृहमन्त्रीको अगुवाइमा केही राम्रो भनिएको काम पनि भएको भनिएको छ । त्यसैले पनि अहिले गृहमन्त्रीको राजिनामा वा भूमिकाका विषयमा कुरा उठाउने समय पनि होइन भनिएको छ जे भएपनि सुनका बिषयमा सत्यतथ्य कुरा चैं सार्वजनिक हुनु पर्दछ ।














