नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) मधेस प्रदेश समितिका सल्लाहकार एवम् संघीय विधान समितिका सदस्य शंकर श्रेष्ठका पिता टेकबहादुर श्रेष्ठको निधनमा फोनिज मधेस प्रदेशले शोक व्यक्त गरेको छ । फोनिजका प्रदेश अध्यक्ष दुष्यन्त चौधरीले हिजो एक शोक वक्तव्यमार्फत विधान समितिका सदस्य श्रेष्ठका पिताको निधनको खबरले सम्पुर्ण फोनिजकर्मीहरुलाई मर्माहत तुल्याएको जनाइएको छ ।

 

नेपाल पत्रकार महासंघ मधेस प्रदेश समिति सदस्य एवम् नेपाल पत्रकार महासंघ सर्लाहीका पूर्व अध्यक्ष समेत रहनुभएका श्रेष्ठका ८३ बर्षिय पिता टेकबहादुरको बिहीवार साँझ ५ बजे लुम्बिनी मेडिकल कलेज प्रभास, पाल्पामा उपचारको क्रममा निधन भएको थियो ।

स्वर्गीय टेकबहादुरको मृत आत्माको चिर शान्तिको कामना सहित शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गर्दछौं वक्तव्यमा भनिएको छ ।

Leave a Reply