काठमाण्डौं,कालीकोटको पलाँता गाउँपालिकामा जीप दुर्घटना हुँदा ज्यान गुमाएका ६ जनाको पहिचान खुलेको छ ।
ज्यान गुमाउनेमा पलाँता– ६ की दसकला शाही, पदम बम, भगवती रोकाया, गणेश शाही, पलाँता– ५ की छाया शाही र पलाँता– ३ का ६ वर्षीय बालक दमन रोकाया रहेका प्रहरीले जनाएको छ ।यस्तै दुर्घटनामा घाइते भएका १३ जनालाई नेपाली सेनाको हेलिकप्टरमार्फत प्रदेश अस्पताल सुर्खेत लगिएको कालीकोटका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले बताउनुभयो ।आइतवार दिउँसो पलाँता– ५ खिनादेखि पलाँता– ९ थिर्कुतर्फ गुडिरहेको क १ ज ५६ नम्बरको जीप साढे २ बजेतिर पलाँता– ३ राडुनेटामा दुर्घटनामा परेको हो । जीप सडकबाट भीरमा खसेको छ ।