नरेश गुप्ता,
बरियारपुर,हत्यामा सग्लन आरोपमा पक्राउ परेका अभियुक्त धरौटीमा रिहा भएपछि आफन्तले कारबाहीको माग गरेका छन ।
बाराको कलैया उपमहानगरपालिका वडा नम्बर ९ रामपुरटोल निवासी मृतक नेशा खातुनको छोरा तहबर अंसारीले सोमबार कलैयामा पत्रकार समेलनको आयोजना गरी आमा खातुनको हत्यामा सग्लन अपराधिलाई अदालतमा प्रवेश नगरी सरकारी वकिल कार्यालय बाराले तत्काल जेथाजमानीमा छोडिएको मृतकको छोरा अंसारीले बताउनुभयो । खातुनलाई २०७७ चैत्र २३ गते दाउरामा अगो लगाएको निहुँमा छिमेकीे सुलतान अंसारी, गुलबानी खातुन, समीर अंसारीले लाठी र फटा प्रहार गरी घाइते बनाएको र उपचारको क्रममा उनको कलैया अस्पतालमा मृत्यु भएको अंसारीले जानकारी दिनुभयो । गराइएको थियो ।
मृतक खातुनको हत्या घटनामा अनुसन्धानको क्रममा दसीप्रमाण र घाउको चिन्ह नदेखिएको तथा मृतकको भिसेरा रिपोर्ट आउन केही समय बाँकी रहेको भन्दै आरोपितहरुलाई छोडिएको सरकारी वकिलको कार्यलय बाराले जनाएको छ । आमाको हत्यामा संलग्नमाथि थप अनुसन्धान गरी मुलकी अपराध सहिता ऐन २०७४ को परिच्छेद १२ को दफा १७७ को उपदफा १ र २ बमोजिम बारबाहीको लागि अन्सारीले माग गर्नुभएको छ ।



















