फोटोमा ः क्रसर पिडित स्थानिय क्षती भएको क्षेत्र देखाउँदै।

पुष्पराज खतिवडा
बारा
१७ जेष्ठ २०७८

खेतबारीमा क्षती पुगेको भन्दै सोमबार स्थानियले कलैया उपमहानगरपालिका २४ मा रहेको जयमाता दि क्रसर घेराउ गरेका छन् । उद्योगबाट निस्कीएको माटो र वालुवाले खेतबारी पुरेको र बालिनाली नष्ट गरेको भन्दै आक्रोशित स्थानियले उक्त क्रसर घेराउ गरेका हुन् ।
क्रसरबाट जथाभावि निस्केको लेदो र वालुवाले बालिनाली नष्ट गर्नुका साथै किसानले सदियौंदेखी प्रयोग गर्दै आएको पैनी पुरिएपछि स्थानिय रुष्ट भएको प्रेमलाल यादवले बताए । कुलो पुरिएसँगै बालुवा र लेदो सहितको पानि क्रसर पूर्व दक्षिण ३ किलो मिटर पर सम्मका सयौं विगाहमा खेतबारीमा पसेको उनले बताए ।
लेदो र बालुवाले खेतबारीमा तथा संचाई गर्ने कुलो क्रसरको लापरवाहीका कारण पुरिएपछि सोको विरुद्धमा आवज उठाईएको अर्का स्थानिय सुरेश पास्वानले बताए । बडहर्वा, मनहर्वा, सखुईका आसपासमा खेतबारी हुने स्थानियले क्रसर बन्द गर्न दवाव दिएका हुन् । बालुवा र लेदो ब्यवस्थापन नगरे सम्म चल्नै नदिने पक्षमा स्थानिय रहेको उनले बताए । क्रसरले लामोे समय देखी बलमिच्याई गरेर अर्काको खेतबारीमा नोक्सानी पु¥याएकाले स्थानिय आक्रोशि भएका हुन् पास्वानले भने ।

धानबालीमा भएको क्षती देखाउँदै किसान

किसानकोे खेतबारीमा बालुवा र माटोको लेदो पसेपछी आक्रोसीत स्थानिय र क्रसर संचालक विच विवादका विच सहमति भएकोे कलैया उपमहानगरपालिका २४ का अध्यक्ष हरिलाल चौधरीले बताए ।
चौधरीका अनुसार क्रसरबाट निस्कने बालुवा तथा लेदो सहितको पानिको उचित प्रवन्ध नभए सम्म क्रसर बन्द गर्ने भनिएको छ । क्रसरका कारण किसानले खेतबारीमा लगाएको मकै, धान, उखु, मसुरो नष्ट हुँदै आएको थियो । उपयुक्त ब्यवस्थापछि मात्रै क्रसर संचालन गर्न भनेका छौं । समाजको कुरा मान्नु पर्छ । नमानेका खण्डमा आईपर्ने समस्याको जवाफदेही क्रसर संचालकहरु हुने वडा अध्यक्ष चौधरीले बताए ।
यता क्रसरका संचालक शिवनाथ किसानको समस्या समाधानमा आफुहरु गम्भिर रहेको बताए । त्रसरको देलो र बालुवा सहितको पानि पोखरी खनेर ब्यवस्थापन गर्ने तयारी गरिरहेकाछौं । बर्षायाम भएकाले समस्या भयो पटेलले भने । स्थानियसँगको छलफलमा क्रसरबाट निस्कले लेदो, माटो र बालुवाको उचित ब्यवस्थापन गर्ने मौखिक सहमति भएको छ । हामी त्यो गछौं उनले बताए ।
फोटोमा ः क्रसर पिडित स्थानिय ।

Leave a Reply