बरियारपुर ,११ श्रावण, तत्कालीन सर्लाहीको कविलासी नगरपालिकामा कार्यरत प्रमुख प्रशासकीय अधिकृत नवीन श्रीवास्तवले बाराको सुवर्ण गाउँपालिकालाई डुबाउने कार्य गरेको रहस्य बाहिरिएको छ । प्रमुख प्रशासकीय अधिकृत श्रीवास्तवले कविलासी नगरपालिकामा कार्यरत रहँदा कमिशन नपाउने भएपछि सम्झौता रद्द गर्ने गरेका कारण स्थानीयहरुले ब्यापक बिरोध गरेका थिए । कार्यादेश नदिने प्रबित्तिले स्थानीयहरुले बिरोध गरेपछि नगरपालिकाका नगर उप प्रमुख राधादेवीले ट्वाईलेटमै अधिकृत श्रीवास्तवलाई थुनेकी थिइन् । प्रमुख प्रशासकीय अधिकृत श्रीवास्तवको लागि यो नौलो विषय नभएको जानकारहरुले बताएका छन् । प्रमुख प्रशासकीय श्रीवास्तव बाराको करैयामाई , बारागढी तथा सुवर्ण गाउँपालिका समेत विवादित भएको व्यक्ति गाउँपालिकाका स्थानीयहरुले नै बताएका छन् । अहिले प्रमुख प्रशासकीय अधिकृतले आफ्ना निकट व्यक्ति तथा कमिशन दिने ठेकेदारलाई मात्र काम दिने गरेको बारे स्थानीय नाजिर हुसेनले जानकारी दिए । प्रमुख प्रशासकीय अधिकृत श्रीवास्तवले आर्थिक चलखेलमा परेर लक्षित वर्गको कार्यक्रम संचालन गरेको स्थानीयहरुले गुनासो गरेका छन् । हाकिम श्रीवास्तवले निषेधाज्ञाको समयमा पनि लक्षित वर्गको कार्यक्रम संचालन गरेर बजेट दुरुपयोग गरेको स्थानीयहरुको भनाइ छ । गत आर्थिक वर्ष २०७७÷०७८ को माघ महिनामा गाउँपालिकाले गैरसरकारी संस्थामा र्फत प्रकृया पूरा नगरी ४० प्रतिशतसम्म कमिसन लिएर कार्यक्रम संचालन गरेको सुवर्ण गाउँपालिका वडा नम्बर ४ औरिया निबासी राकेश साहले बताए । अधिकृत श्रीवास्तवले नियम विपरित सूचना गोप्य प्रकाशन गरी,गोप्य प्रकाशन गर्ने पत्रिकाका संचालकलाई नै गैरसरकारी संस्थालाई कार्यक्रम संचालन गर्न दिएका हुन् ।
प्रमुख प्रशासकीय अधिकृत नवीन श्रीबास्तव र समाजिक बिकास शाखा प्रमुख संजिव रामले आर्थिक प्रलोभनमा परेर लक्षित वर्गको कार्यक्रम आफ्ना आसेपासे संस्थामार्फत संचालन गर्न दिएको समेत बुझिएको छ । माघ १२ गते सुवर्ण गाउँपालिकाले पहिलो चरणमा लक्षित वर्गको कार्यक्रम संचालनको लागि प्रस्तावना आह्वान गरेको जनाए पनि सो दिनको पत्रिका नै बजारमा नआएको र गुपचुपमा विभिन्न पत्रिकाका संचालकसंग सम्झौता गरि कार्यक्रम संचालन गरेको थिए । अधिकृत श्रीवास्तवले गत आर्थिक बर्ष २०७७÷०७८ मा गाउँपालिकाले आह्वान गरेको कृषिको इलोक्ट्रोनिक पम्प,खाना पकाउने ग्याँस,सेनेटरी प्याड,कम्प्युटर लगायतका बिभिन्न मेसिनरी सामानहरुको गोप्य टेण्डर आह्वान गरेपनि स्थानीय ब्यवसायीहरुले थाहा पाएपछि टेण्डर भरेका थिए । सार्वजनिक खरिद नियमावली २०७२ को कानुन बिपरित कम दररेटमा टेण्डर साकार गरेका ठेकेदारहरुको टेण्डर रद्द गरी गत बैशाखमा गोप्य सूचना प्रकाशित गरेर आफ्ना निकट ठेकेदारहरुलाई टेण्डर पारिदिएका छन् । अधिकृत श्रीवास्तवले कम्प्युटर लगायतका सामानहरुको टेण्डरमा माग गरेको स्पेसिफिकेशन भन्दा कमसल सामान खरिद गरी सूचना तथा प्रविधि प्रमुख मृगेन्द्र यादवको प्रतिवेदन नै नलिइ भुक्तानी गरेका छन् । यसरी नै उनले गाउँपालिकाको बर्षभरीको सम्प्ूर्ण बिज्ञापन एउटै स्थानीय पत्रिका मार्फत गोप्य सूचना गरी ब्यापक अनियमितता गरेको नाम नछाप्ने सर्तमा एक कर्मचारीले बताएका छन् । उनले जिन्सी शाखामा रहेका कर्मचारी मार्फत गलत काम गर्न नसकेपछि उक्त शाखाका प्रमुखलाई नै हटाइ सामाजिक शाखा र जिन्सी शाखा हेर्न संजिव रामलाई अधिकार दिएको स्थानीयहरुको आरोप रहेको छ । यसै बिषयबस्तुलाई लिएर स्थानीयहरु साउन १३ गते बुधबार अख्तियार दुरुपयोग अनुसंधान आयोगमा डेलिगेशन जाने तयारी रहेको स्थानीय बद्री थापाले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here