सिमरा,ज्योति विकास बैंक सिमरा शाखाले प्राथमिक स्वास्थ्य केन्द्र जीतपुरलाई एक थान बेबी वार्मर सेट हस्तान्तरण गरेको छ । बैंकले ‘न्यानो नानी’ कार्यक्रम अन्तर्गत जीतपुरस्थित प्राथमिक स्वास्थ्य केन्द्रलाई बेबी वार्मर सेट प्रदान गरेको हो ।
ज्योति विकास बैंकले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत देशभरि ४४ वटा न्यानो नानी मेसिन वितरण गरेको बैंकका ब्रान्डिङ्गका हेड कुशलजंग अधिकारीले बताउनुभयो । बैंकले आफ्नो सामाजिक उत्तरदायित्व हर क्षेत्रमा पूरा गर्दै आएको उहाँले सुनाउनुभयो ।

कार्यक्रमका प्रमुख अतिथि मधेस प्रदेशका प्रदेश सभा सदस्य देवनारायण चौधरीले अन्य क्षेत्रमा गरेको लगानीभन्दा स्वास्थ्य क्षेत्रमा गरेको लगानी दिगो र उपयोगी हुने बताउनुभयो ।प्राथमिक स्वास्थ्य केन्द्र जीतपुरका अध्यक्ष एवंम जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष सुनिलकुमार गुप्ताको अध्यक्षतामा सम्पन्न कार्यक्रममा राष्ट्रिय आविष्कार केन्द्र काठमाण्डौका प्राविधिक इलेक्ट्रिकल इन्जिनियर महिप केसी, ज्योति विकास बैंक सिमरा शाखाका प्रमुख भरत आचार्य, ज्योति विकास बैंक सिमरा शाखाका कर्जा प्रमुख निरजकान्त झा, वडा सदस्य एवंम स्वास्थ्य केन्द्र व्यवस्थापन समितिकी उपाध्यक्ष सीता उप्रेती, नवीन मैनाली, ललितादेबी पासवान, वडा सचिव दिलिप ढुङ्गाना, प्राथमिक स्वास्थ्य केन्द्र जीतपुरका प्रमुख डक्टर सुजल अधिकारी, सिअहेब अधिकृत प्रवीणकुमार झालगायत स्थानीयहरुको उपस्थिति रहेको थियो ।कार्यक्रमको सहजीकरण संस्थाका जनस्वास्थ्य निरीक्षक जाहिद हुसेनले गर्नुभएको थियो ।


















