वीरगञ्ज,सशस्त्र प्रहरीले वीरगञ्जबाट प्रतिबन्धित विष्फोटजन्य पदार्थ पटाका बरामद गरी नष्ट गरेको छ। वीरगञ्ज महानगरपालिका वडा नम्बर ३१ स्थित सशस्त्र प्रहरी सुरक्षा बेस क्याम्प सोलखपुरले भारतबाट अवैध रुपमा नेपाल ल्याइएका पटाका नियन्त्रणमा लिएर नष्ट गरेको हो।नेपाल सरकारले पैठारीमा प्रतिबन्ध लगाएको पटाका चाडपर्व तिहार र छठको अवसरमा लुकाइछिपाई ल्याइँदै गरेको अवस्थामा सशस्त्र प्रहरीले बरामद गरेको हो। बरामद पटाकाको अनुमानित मूल्य १ लाख २० हजार रुपैयाँ रहेको छ।सशस्त्र प्रहरीको गस्ती टोलीले उक्त पटाका बरामद गरी वडा सदस्य विरेन्द्र चौधरी, प्रहरी चौकी मिलनचौकका प्रहरी सहायक निरीक्षक दीपक अधिकारी, प्रहरी हवल्दार रमेश प्रसाद साह, सगरमाथा टेलिभिजनका पत्रकार बालेश्वर गौरो तथा स्थानीय मुक्ति यादवको रोहबरमा नष्ट गरेको जानकारी सशस्त्र प्रहरी निरीक्षक संजीव खड्काले दिनुभएको छ ।


















