अनिल तिवारी
सिमरा, ४ मंसिर । जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघले जीतपुरमा शिलान्यास गर्न लागेको जग्गाको बुधवार बिहान नापजोखका साथै सरसफाई गरीएको छ । केहि समय पहिला जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ जीतपुरमा रहेको गढिमाई पल्टिङ्गमा उद्योग वाणिज्य संघले ४२ धुर जग्गा किनेको थियो ।
२१ धर जग्गा धनिको उपहार र २१ धुर आफ्नो लगानिमा किनीएको ४२ धुर जग्गमा संघले तत्काल एक तल्ले भवन निर्माण गर्न लागेको हो । ३ तल्ला सम्म निर्माण गर्ने उद्धेश्य सहित मंसिर ५ गते बुधवार बिहान संघले भवनको शिलान्यास गर्ने तैयारी गरेको संघका अध्यक्ष संजय साहले जानकारी दिनुभयो ।
करिब एक करोडको लागतमा निर्माण हुन लागेको यस भवनमा संघलाई आवश्यक पर्ने कार्यालयका साथै सभाहलसमेत निर्माण गर्ने उद्धेश्य रहेको संघका अध्यक्ष साहले जानकारी दिनुभयो । संघको मुख्य कार्यालय जीतपुरमा हुने भएपछि यहाँको भवनको संरचनापनि त्यही अनुसारको हुने अर्का सदस्य शिवजी साहले जानकारी दिनुभयो । उहाँले यस अघि निर्माण भएको शाखा कार्यालय सिमराको भवनको कामपनि यससंगै अगाडी बढाउने जानकारी दिनुभएको छ ।