कलैया,गत चैत्र १५ गते राजावादीले काठमाडौंको तीनकुनेमा गरेको प्रदर्शनको क्रममा आगलागीमा परेर स्टेशनरी पसलमा क्षति पुगेका बाराको कोल्हबी नगरपालिका १ निवासी मुकेश चौधरीलाई क्षतिपूर्ति उपलब्ध गराउन थारु कल्याणकारी सभा बाराले माग गरेको छ ।

थाकस बाराले बुधवार विज्ञप्ति निकालेर प्रदर्शनकारीहरुले गरेको आगजनीबाट चौधरीको मुकिल बुक्स एण्ड स्टेशनरी पसल जलेर पुर्णरुपमा नष्ट भएको र पौने एक करोड बराबरको रकम नोक्सानी भएको जनाएको छ ।चौधरीले तिनकुनेमा संचालन गरेको उक्त स्टेशनरी पसलको गोदाम रहेको भवन आगलागीबाट जलेर पुर्णरुपमा नष्ट भएको विज्ञप्तिमा जनाइएको छ ।
सोही भवनमा भएको आगलागीमा परि एभिन्युज टेलिभिजनका पत्रकार सुरेश रजकको मृत्यु भएको थियो ।

Leave a Reply