सिमरा,बाराको अमलेखगञ्जमा सोमबार यात्रुहरुका लागि लायन्स प्रतीक्षालयको शिलान्यास गरिएको छ । लायन्स इन्टरनेशनलको नयाँ वर्ष सुरुवातको अवसर पारेर लायन्स क्लब क्लब डिष्ट्रिक्ट ३२५ एसका पूर्वगभर्नर देवकीनन्दन अग्रवालले एक कार्यक्रमबीच यात्रु प्रतीक्षालयको शिलान्यास गर्नुभएको हो । शिलान्यास कार्यक्रममा अग्रवालले यात्रुहरुको सहजताका लागि लायन्स क्लबले प्रतीक्षालय निर्माण गर्न लागेको बताउनुयभो ।
एक सय ६ वर्षअगाडि पहिलो पटक स्थापना भएको लायन्स क्लबले ५२ वर्षदेखि नेपालमा सामाजिक काम गरिरहेको बताउँदै अग्रवालले आगामी दिनमा पनि निरन्तरता दिँदै जाने बताउनुभयो । लायन्स क्लबमा जोडिएर सामाजिक सेवा गर्न चाहनेको संख्या बढ्दो अवस्थामा रहेको अग्रवालले बताउनुभयो ।कार्यक्रममा लायन्स क्लब अफ अमलेखगञ्जका अध्यक्ष एवम् जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २१ का वडाध्यक्ष सुवास श्रेष्ठले नयाँ वर्षको सुरुवात प्रतीक्षालयबाट गरिएको बताउनुभयो । लायन्स क्लबको सहयोगमा निर्माण हुन लागेको प्रतीक्षालयले यात्रुलाई सहज हुनेमा आफूहरु आशावादी रहेको उहाँको भनाई थियो ।
प्रतीक्षालय शिलान्यास कार्यक्रममा डिष्ट्रिक्टका द्धितीय भाइस गभर्नर रामबिहारी पाण्डे, एरिया ३ का प्रमुख श्याम गुप्ता, उपप्रमुख चुडामणी खरेल (कपिल), एरिया ३ का पूर्वप्रमुख उमेश शर्मा, जोन चियर पर्सनद्धय बिनय साह र दिवाकर भण्डारी, जीतपुरसिमरा वडा नम्बर २२ का वडा अध्यक्ष शेखरकाजी रुम्बा, प्रहरी बरिष्ठ नायब निरीक्षक त्रिभुवन साह, स्थानीय समाजसेवी राजकुमार साह, नारायण लामिछाने, राजकुमार मानन्धर, लायन्स क्लबका प्रथम उपाध्यक्ष मान्वेन्द्रप्रसाद चित्रकार, कोषाध्यक्ष रोहित साहलगायतको उपस्थिति रहेको थियो ।क्लबका अध्यक्ष श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सहजीकरण सचिव नरेशकुमार मगरले गर्नुभएको थियो । कार्यक्रममा जोन चेयरपर्सन साहले स्वागत मन्तव्य राख्नुभएको थियो ।लायन वर्ष २०२४।२५ को कार्यकाल जुलाई १ अर्थात सोमवारदेखि सुरु हुँदैछ । यो कार्यकाल २०२५ को जुन अन्तिममा समाप्त हुनेछ ।















