नेपाल कृषि प्रधान देश हो, केही वर्ष अगाडिको विद्यालयस्तरको पाठ्यपुस्तकमा यो कुरा विद्यार्थीहरुलाई कण्ठ हुने गरी घोकाइएको हुन्थ्यो ।अहिलेको पुस्ताले यो त्यत्ति धेरै पढ्न पर्दैन र कृषि प्रधानको महत्व पनि घट्दै गइहेको छ । त्यसो त अन्नको भण्डारी भनेर चिनिने तराई मधेसको अवस्था त झन् बिग्रदो छ । शनिवार सरकारी तथा गैरसरकारी स्तरबाट निकै तामझामका साथ धान दिवस मनाइएको छ । हुन त धानको विषयमा जानकारी गराउने उद्देश्यले दिवस मनाइनुु नराम्रो कुरा होइन तर अब यो दिवस मनाउदैमा चैं प्रगति हुनेवला भने छैन ।

कृषिमा यान्त्रीकीरणको कुरा उठे पनि व्यवहारिक रुपमा खासै कार्यान्वयनमा छैन । अब कृषिमा यान्त्रिकरण भएन भने कृषि प्रधान देशको कुरा कथामा सीमित हुनेछ र बिस्तारै तराई मधेसको फाँट समेत खण्डहरमा परिणत हुनेछन् अनि बाँझो रहनेछन् । पहाडमा त यो अवस्था अहिले नै देखिएको छ । पहाडका कयौं खेती योग्य जमिन त बाँझो नै भइसकेका छन् ।
असार पन्ध्रमा कम्तीमा आधा धान खेतमा रोपाइँ भइसक्नुपर्ने थियो तर मधेसकै कुरा गर्ने हो भने रोपाइँ शुरु नै भएको छैनभन्दा पनि हुन्छ । जम्माजम्मी २ प्रतिशतको रोपाइँ आजको दिनसम्म भएको छ ।

हुन त तराई मधेसमा साउन पन्ध्रसम्म पनि धान रोपाइँ गर्दा उत्पादमा समस्या त आउदैन तर मध्य असारमा नै रोपाइँ गर्न नपाएपछि किन धान दिवस मनाउने कृषिका लागि प्रश्न स्वभाविक रुपमा उठ्नेछ । न त मल, न त बिउ न त यान्त्रिकरण खाली देखावटीका लागि मात्रै धान दिवस मनाएर के नै उपलब्धी हुन्छ र ।

Leave a Reply