सोमवार प्रमुख प्रतिपक्ष दलको हैसियतले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल(प्रचण्ड)ले सरकारलाई निकै अर्ती उपदेश दिएको देखियो । यतिसम्म प्रचण्डले भनेको सुनियो कि करिब एक वर्ष अगाडिसम्म यो देशमा आफ्नै नेतृत्वमा सरकार थियो भन्ने कुराको हेक्का समेत प्रचण्डले राखेको पाइएन ।हुनत यो रोग प्रचण्डको हकमा मात्रै लागू हुँदैन । नेपालमा सन्दर्भमा सबै दल र नेतालाई यो नियम लागू हुन्छ । आफू सरकारमा रहँदा केही नदेख्ने अनि प्रतिपक्ष बनेपछि संसार नै भासिएको कुरा गर्ने ।

देश अहिले सबै हिसावले ठीकठाक चलेको छैन यो सत्य कुरा हो । तर यसको मतलभ हिजो प्रचण्ड सरकारमा रहदा एकदमै ठीक पनि त थिएन । देशमा एकखालको अराजकता छदै थियो । सुशासनका कुरा नागरिकहरुले गरेपनि प्रचण्डको पालामा पनि सुशासन थिएन अनि कयौं कुरामा प्रचण्डको कार्यशैलीको पनि प्रश्न उठेको थियो ।कम्तीमा आफू सरकारमा रहँदा यस्ता कुराहरुको ख्याल जो कसैले पनि गर्ने हो भने भोलि आफूले प्रश्न गर्दा अरुले पनि विश्वास गर्छन् । जनताले पनि यो त सही हो भन्छन् तर आफू पनि त्यही बाटोमा हिँड्ने अर्को हिँड्यो भने विरोध गरेर केही अर्थ छैन ।

सोमवार प्रचण्डको संसदको अर्ती उपदेश वास्तवमा देशका लागि चैं खासै अर्थपूर्ण छैन तर यसो भन्दैमा सरकार चलाउनेहरु भने गैर जिम्मेवार चैं बन्न मिल्दैन उठेका प्रश्नहरुको जवाफ चैं दिनु पर्दछ ।

 

Leave a Reply