पुष्पराज खतिवडा

मनहर्वा,कलैया उपमहानगरपालिका वडा नं.१ पन्नवाघ घर भएकी सिमा चौधरी जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिका १८ को लामिडाँडास्थित बालबालिका आधारभुत विद्यालयमा आइतवार हुने निर्वाचनको मतदान अधिकृत हुनुहुन्छ ।

मतादान अधिकृतका रुपमा पहिलोपटकको अनुभव लिँदै गरेको बताउने चौधरीले निर्वाचन सहज रुपमा सम्मन्न गर्ने पनि बताउनुभयो । पहिलो पटक भएकाले मनमा धुकचुक भएपनि हिम्मत लिएर निर्वाचनको जिम्मा लिएको उहाँको भनाइ छ ।

‘एक्लैले नभई निर्वाचन टिमले गर्ने ÷गराउने भएकाले उत्साहित पनि छु,चौधरीले भन्नुभयो, निर्वाचनको सम्पर्ण तयारी पुरा गरेर आइतवार बिहान ७ बजेको पखाईमा छौं ।’ राजनैतिक दलका प्रतिनिधि, सुरक्षाकर्मी र स्थानीयको सहयोग पर्याप्त रहेकाले निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न हुने उहाँले बताउनुभयो ।

यस्तै कलैया उपमहानगरपालिका वडा नं.१ मा रहेको नमुना आधारभुत माध्यमिक विद्यालयमा भने अधिकृत सहितका सबै कर्मचारी महिला रहेका छन् । सो मतदान केन्द्रमा जिल्ला अदालत बारामा कार्यरत शाखा अधिकृत सपना थापाको नेत्रृत्वमा मतदान भइरहेको हो ।

जिल्लाका सरकारी कार्यालय, विद्यालयहरुमा कार्यारत महिला अधिकृतलाई चुनावी कमाण्डर बनाएर मतदान गराउन खटाईएको जिल्ला निर्वाचन कार्यालय बाराका प्रमुख सरोज चौधरीले बताउनुभयो ।

मंसिर ४ गतेको निर्वाचन गराउन कुल कटिएका मतदान अधिकृतहरुमा १० प्रतिशत मात्रै महिला रहेको निर्वाचन कार्यालय बारा चौधरीले बताउनुभयो । कुल ३०५ मदतादन केन्द्र रहेको बारामा ५५५ मतदान स्थलबाट मतदान भइरहेको छ ।

‘यी मतदान स्थलमा खटिने ५५५ मतदान अधिकृत मध्ये ५६ जना महिला अधिकृत छन् । त्यसभन्दा बढी महिला सहायक मतदान अधिकृत खटिएका छ ।’ उहाँले भन्नुभयो ।

२०७४ सातको प्रतिनिधि तथा प्रदेशसभा निवाचनका बेला ५ प्रतिशत मात्रै जिल्लामा महिला अधिकृत खटिएका थिए । यस पटक संख्या बढेको हो । गत स्थानीय तह निर्वाचनमा समेत महिला अधिकृतहरुको संख्या राम्रै थियो । त्योभन्दा यस पटक बढी रहेको उहाँले सुनाउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here