वीरगञ्ज,पर्साका ७ राजनीतिक दलहरुले वीरगञ्ज महानगरको रामवन बस्ती खाली गर्ने सूचनाको विरोधमा प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुषाललाई ज्ञापनपत्र बुझएका छन् ।जिल्ला वन कार्यालयले बस्ती खाली गर्न जारी गरेको १५ दिने सूचनालाई मध्यनजर गर्दै पर्साका ७ राजनीतिक दलहरुले सिडिओ भुसाललाई बिहीवार ज्ञापनपत्र बुझाएका हुन । उनीहरुले ज्ञापन पत्रमा भनेका छन्, ‘रामवनमा अहिले सरकारले चिडियाँखाना र सैनिक तालिक केन्द्र निर्माण गर्न लागेको छ, त्यसैका लागि बस्तीमा बसोबास गर्नेहरुलाई बस्ती खाली गर्न १५ दिन सूचना जारी गरिएको छ ।

तर ४०÷५० वर्षदेखि बस्दै आइरहेका १२० घरधुरीकाहरुको लागि वैकल्पिक व्यवस्था गरिएको छैन । त्यसकारण मानव बस्तीलाई जोगाइ बस्तीको सर्वोत्तम हित हुने गरी निर्माण कार्य अगाडि बढाउन माग छ ।’ रामवनको बस्तीमा स्कुल, सरकारी भवन, निजी भवन रहेको ज्ञापन पत्रमा उल्लेख गरिएको छ ।ज्ञापन पत्र बुझदै पर्साका प्रमुख जिल्ला अधिकारी भुसालले बस्ती जोगाएर निर्माणका कार्य अगाडि बढाउन पहल गर्ने आश्वासन दिनुभएको छ । ज्ञापन पत्र बुझाउन जाने दलहरुमा जिल्लाका नेपाली कांग्रेस, रास्वपा, एमाले, राप्रपा, जसपा नेपाल, नागरिक उन्मुक्ति र लोसपा रहेका छन् ।

Leave a Reply