काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले बाराको सिमरामा जारी तनावको स्थितिलाई हिंसात्मक हुन नदिन उच्च संयमता अपनाउन सबै पक्षलाई आग्रह गर्नुभएको छ ।लोकतन्त्रमा राजनीतिक तथा वैचारिक मतभिन्नता स्वाभाविक भएपनि त्यसलाई हिंसा वा उत्तेजनामा रूपान्तरण गर्नु लोकतान्त्रिक संस्कृति नहुने प्रचण्डको भनाई छ ।

राजनीतिक तथा वाक स्वतन्त्रताको सम्मान गर्दै राजनीतिक दल र दलका नेतालाई निर्वाध हिँडडुल गर्ने, सभा–सम्मेलन गर्ने वातावरण बनाउन सरकारसँग उहाँले आग्रह गनुृभएको छ । घोषित निर्वाचनलाई शान्तिपूर्ण र निष्पक्ष बनाउन नकारात्मक प्रभाव रोक्नुपर्ने उहाँको भनाई छ ।सामाजिक सञ्जालमा पोस्ट गर्दै प्रचण्डले स्थानीय पार्टी पंक्तिलाई परिस्थितिलाई सामान्य बनाउन सहजीकरणको भूमिका निर्वाह गर्न निर्देशन दिनुभएको छ ।बाराको सिमरामा बुधबार जेनजी युवाहरू र एमाले कार्यकर्ताबीच बुधवार झडप भएपछि तनाब जारी छ ।

Leave a Reply