निजगढ,सुरक्षाको दृष्टिले शंवेदनशील मानिएका निजगढ नगरपालिकका विभिन्न ५ स्थानमा बिहीवार सोलार बत्ति जडान गरिएको छ ।मधेस प्रदेश सरकार सघन सहरी विकास केन्द्रको सहयोगमा निजगढस्थित पूर्वपश्चिम राजमार्गको शहिद चोक, बकैया तथा भमरा पुल चोक, सिंगौल जाने सडक र निजगढ– रतनपुरी सडकको तामागढीमा सोलार बत्ति जडान गरिएको हो । सर्वसाधारणको चहलपहल बढी हुने र सुरक्षा दृष्टिले शंवेदनशील मानिएका स्थानमा बत्ति जडान गरिएको निजगढ नगरपालिकाका नगर प्रमुख सुरथ पुरीले जानकारी दिनुभयो । उहाँले नगरका अन्य स्थानमा पनि आगामी दिनमा आवश्यकताअनुसार सोलार बत्ति जडान गर्दै जाने बताउनुभएको छ ।प्रदेश सरकारले बारा जिल्लामा विभिन्न स्थानमा सोलार बत्ति जडान गर्ने क्रममा निजगढ नगरपालिकाको सहयोगमा ५ स्थानमा बत्ति जडान गरेको हो ।



















