कृपा संवाददाता
हेटौंडा , ८ मंसिर । मकवानपुरको मनहरी गाउँपालिकाको हाँडिखोलामा विप्लप नेतत्वको नेपाल कम्युनिष्ट पाटीले गएराती राँके जुलुस निकालेको छ । जिल्लाभरका विप्लपका नेता तथा कार्यकर्ता सवै जम्मा भएर गएराती राँके जुलुस निकालेका हुन् । पाटी पुनरगठन दिवसका अवसरमा अहिलेको सरकारका विरुद्धमा चर्का नारा लगाउँदै जुलुस गरिएको विप्लप नेकपा मकवानपुरका नेता टुंगनाथले जानकारी दिनुभयो ।

 

 

सरकारको प्रतिवन्दको विचमा पनि विप्लप नेतृत्वको माओबादीले जुलुस निकालेको हो । जुलुसका क्रममा अहिले भईरहेका कालावजारी, भ्रष्टाचारका विरुद्धमा चर्का नारा लगाइएको थियो । हाँडीखोलामा विप्लप नेतृत्वको नेकपा मकवानपुरका इन्चार्ज जमिन, जिल्ला सेक्रेटरी पासाङ लगायतकाले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

Leave a Reply