वीरगञ्ज,पर्साका झण्डै आधा दर्जन पालिकाहरुले आगामी आर्थिक वर्ष २०८१÷०८२ का लागि बजेट ल्याएका छैनन् । जिल्लाको छिपहरमाई गाउँपालिका, धोबिनी गाउँपालिका, पकाहामैनपुर गाउँपालिका, बिन्दबासीनी गाउँपालिका र बहुदरमाई नगरपालिकाले समयमै बजेट ल्याउन नसकेका हुन ।जनप्रतिनिधिहरूबीचको आन्तरिक विवाद र असमझदारीले पालिकाहरूको गाउँ÷नगरसभा बस्न नसक्दा बजेट अलमलमा परेको हो । आन्तरिक विवाद त

अन्य प्राविधिक कारणले बजेट तोकिएको समयमा ल्याउन नसकिएको सम्बन्धित पालिकाका प्रमुखहरुको दाबी छ ।
पर्साको पकाहामैनपुर गाउँपालिकाको कार्यालयमा भने तालाबन्दी भएको छ । गाउँपालिकाकी उपाध्यक्ष नेतृत्वको टोलीले तालाबन्दी गरेको हो । गाउँपालिका बैठकबाट निर्णय नगराइ बजेट ल्याउन खोजिएको भन्दै विरोधमा उत्रिनुभएकी उपप्रमुख सहित बहुमत गाउँसभा सदस्यहरुले गाउँ कार्यपालिका कार्यालयमा तालाबन्दी गरेका हुन । उनीहरुले आफ्ना माग सम्बोधन नभएसम्म नगरसभा हुन नदिने चेतावनीसमेत दिएका छन् ।

यसैगरी बहुदरमाई नगरपालिकाका मेयर सिंहासन सा तेलीले पालिकामा भएको आन्तरिक विवादका कारण नगरसभा गर्न नसकेको बताउनुभयो । यस्तै बिन्दबासीनी गाउँपालिकाका मेयर प्रमोद तिवारीले समेत जनप्रतिनिधिबिच सामान्य आन्तरिक विवाद रहेको र वार्तामार्फत विवाद साम्य गरी नगरसभा गर्ने जनाउनुभएको छ ।धोबिनी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतले समेत आफूहरु निरन्तर बैठकमा रहेको र यहि हप्ता नीति तथा कार्यक्रम प्रस्तुत गरी बजेट ल्याउने बताउनुभएको छ । छिपहरमाइ गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृतले केन्द्र सरकारबाट आउने वित्तिय अनुदान प्राप्त नभएकाले नगरसभा रोकिएको बताउनुभएको छ ।

स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ७१ र अन्तर सरकार वित्त व्यवस्थापन ऐन, २०७४ को दफा २१ को व्यवस्थाअनुसार पालिकाहरुले प्रत्येक वर्ष असार १० गतेभित्र आर्थिक वर्षको राजस्व र व्ययको अनुमान सम्बन्धित गाउँ वा नगर सभामा पेस गर्नुपर्ने हुन्छ ।सोही व्यवस्था अनुसार आफ्नो एक वर्षे आय व्ययको विवरण गाउँ वा नगरसभामार्फत सार्वजनिक गर्नुपर्ने हुन्छ । स्थानीय तहका प्रमुखले प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथि टेकेर उपप्रमुखले आर्थिक वर्षको बजेट ल्याउने प्रावधान छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here