dgdf]xs ;hfj6 M jL/uGhsf] 3l8cjf{ kf]v/L kl/;/df /x]sf] ;'o{ eujfgsf] dlGb/nfO{ ;f]daf/ /+ulj/+uL lah'nL aQLn] ;hfPsf] b[Zo . 57 kj{sf] cj;/df kf]v/L kl/;/nfO{ ;hfpg kfFr nfv ?k}ofF vr{ ePsf] 57k'hf Joj:yfkg ;ldlt 3l8cjf{n] hgfPsf] 5 . tl:a/ M ljho s'df/ dxtf] ÷/f;; ÷k;f{

निजगढ,निजगढ नगरपालिका ८ स्थित बकैया तटमा छठ पर्व मनाउने तयारी अन्तिम चरणमा पुगेको छ । बकैया खोला किनराको सरसफाइ गरी पन्डाल टाँग्ने लगायत तयारी कार्य पूरा भएको छठ पूजा समारोह समितिले जानकारी दिएको छ ।
छठ पर्व मनाउनका लागि बकैया खोलाको पूर्वी तटमा ३ लाख २० हजार खर्चेर पन्डाल टाँगिएको छठ पूजा समारोह समिति निजगढका उपाध्यक्ष एवंम छठ घाट निर्माण उपसमितिका अध्यक्ष निजगढ ७ का विरेन्द्र महतोले जानकारी दिनुभयो । उहाँका अनुसार पण्डालसहित कार्यक्रम गरिने मञ्च तयार भइसकेपनि विजुली बत्ती र पानीको प्रबन्ध गर्न भने बाँकी छ ।
यस वर्षको बाढीले बकैया खोलाको धार परिवर्तन भएर पश्चिमतर्फ गएकाले निजगढ नगरपालिकाका मेयर सुरथ पुरीसंग समन्वय गरेर एक्साभेटरले खनेर पण्डाल नजिकै पानी ल्याउने तयारी गरिएको पनि अध्यक्ष महतोले बताउनुभयो । बुधवार दिउसोसम्ममा पानी र बत्तीको काम पनि पुरा हुने उहाँले बताउनुभयो ।
यस वर्ष विगतका वर्षहरुमाभन्दा ठूलो पण्डाल निर्माण गरिएको महतोको भनाई छ । गत वर्ष पण्डाल सानो हुदा केही ब्रतालुहरु रातभरि नै खुल्ला आकाश मुनि बस्नु परेकोले यस वर्ष ३ सयभन्दा बढी श्रद्धालुहरु बस्ने क्षमताको ४ सय ५० फिट लामो पण्डाल निर्माण गरिएको उहाँले जानकारी दिनुभयो । बुधवार साँझ अस्ताउँदो सूर्यलाई अर्घ दिएर व्रतालुहरु रातभर त्यही पन्डालमुनि जाग्राम बसेर पूजा गर्नेछन् । छठ पर्वमा व्रतालु र अवलोकन गर्न जानेहरुको संख्या हजारौंको हुने गर्छ । गत वर्ष ५-६ हजारभन्दा बढीको सहभागिता रहेको आयोजकहरुको दाबी छ । यो वर्ष गत वर्षको भन्दा पनि बढी सहभागी हुने उनीहरुको अनुमान छ ।

तराई मधेश, पहाड र हिमाल जोड्ने छठ पर्व अहिले सेतुको रुपमा रहेको छ । निजगढमा बसोबास गर्ने मधेसीसहित पहाडी समुदायका श्रद्धालु पनि छठपर्वको दिन बकैया तटमा पुग्ने गर्छन् । सूर्यदेवको आराधना र उपासना गर्नेमा कयौं व्रतालुहरु पहाडीया समुदायका पनि छन् ।छठपर्व विशेषगरी तराईवासीले मनाउने गरे पनि पछिल्लो समय दुवै समुदायले भक्तिभावले मनाउने गरेको निजगढ ७ का समाजसेवी हरि चौलागाईले बताउनुभयो ।त्यसैगरी बाराको जीतपुरमा छठ पर्वको रौनक बढेको छ । जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ जीतपुर बजारमा छठ पर्वको रौनक बढेको हो । बारा जिल्लाकै मुख्य व्यापारीको रूपमा रहेको जीतपुर बजारमा किनमेल गर्नेको भिडले छठ पर्वको चहलपहल बढेको हो । सस्तो बजार भएकोले छठ पर्वको किनमेलको लागि जीतपुर आएको हेटौडाका सरोज कार्कीले बताउनुभयो ।
स्थानीय व्यापारी राजकुमार शाहले छठ पर्वसंगै बजार चलायमान भएको बताउनुभयो । केही समयअगाडिसम्म ठप्प रहेको व्यापार अहिले ह्वात्तै बढेको उहाँको भनाई छ । अहिले जीतपुर बजारमा छठ पर्वको सामग्रीहरु कपडा, जुत्ता, छरछैटी, आदुवा खरिद गर्न किराना र कपडा पसलहरुमा सर्वसाधारणको ठूलो भिड लागेको स्थानीय युवा नेता शक्ति गुप्ताले बताउनुभयो ।

यसैबीच सूर्यदेवको उपासना गर्दै चार दिनसम्म श्रद्धापूर्वक मनाइने छठ पर्व मंगलवारदेखि विधिवत् सुरु भएको छ ।
छठ पर्वको पहिलो दिन मंगलवार नहाय खाय मनाएका छन । ब्रतालुले स्नान गरी अरबा–अरबाइन भोजन ग्रहण गर्ने गर्छन् ।पारिवारिक सुख–समृद्धि एवं सन्तानको कल्याणका लागि मनाइने यस पर्वको दोस्रो दिन बुधवार खरना परेको छ ।
बुधवार साँझ ब्रतालुले चामल, सक्खर र दूधबाट तयार गरिएको खीर प्रसादको रूपमा ग्रहण गरी खरना विधि पूरा गर्नेछन् ।
तेस्रो दिन बिहीवार छठको मुख्य दिन रहेको छ । यो दिन साँझ अस्ताउँदो सूर्यलाई पूजा सामग्री सहित जलाशय किनारमा अर्घ दिने परम्परा छ ।अन्तिम दिन शुक्रवार बिहान उदाउँदो सूर्यलाई अर्घ दिएपछि छठ पर्वको विधिवत् समापन हुनेछ । यस दिनलाई पारन भन्ने गरिन्छ ।

छठ पर्वमा बाँसको ढाकी, डग्री, माटोको कोसिया कुरबार, हात्ती लगायतको सामग्रीहरु चढाइन्छ । त्यस्तै प्रसादको रुपमा ठकुवा, भुसुवा, केरा, खाजा, उखु, हल्दी, अदुवा, तरकारी एवं विविध प्रकारको मिठाई तथा फलफूल आदि सूर्यदेवलाई अर्घको रुपमा चढाउने गरिन्छ ।छठ पर्वमा विशेष गरी अर्घ दिन ब्रतालुले ४८ घण्टा अन्न र पानी त्यागेर व्रत बस्ने परम्परा छ । यसकारण छठ पर्वलाई निष्ठाको कठोर साधना मानिन्छ ।अस्ताउँदो र उदाउँदो सूर्यलाई अर्घ दिन चढाइएको सामग्री प्रसादको रूपमा ग्रहण तथा वितरण गर्ने चलन छ । त्यस कारण यस पर्वलाई सामाजिक सद्भाव र एकताको प्रतीक मानिन्छ ।तराई–मधेशमा छठ पर्वको तयारीले अहिले पूरै क्षेत्र उत्सवमय बनेको छ । पूजा सामग्री किनमेलका लागि बजारमा घुइँचो लागेको छ भने नदी, पोखरी तथा जलाशयका घाटहरूलाई विशेष रूपमा सजाउने काम भइरहेको छ ।बाराको निजगढस्थित बकैठ नदी छठ घाट, कलैयास्थित रामजानकी मन्दिर घाट, सिद्धेश्वर पोखरी, वीरगञ्जको घडिअर्वा पोखरी, जनकपुरको गंगासागर, धनुषसागर, दशरथ ताल लगायतका ऐतिहासिक जलाशय किनारहरूलाई नवदुलही झैं सजाउने काम जारी छ ।मिथिलाञ्चल सहित तराई–मधेशमा अहिले छठको सुमधुर गीतले गुञ्जायमान बनेको छ । पछिल्लो समय पहाडी क्षेत्रका बासिन्दाहरूले पनि छठ पर्व मनाउन थालेका छन् ।

Leave a Reply