नविन चौधरी
वीरगन्ज,पर्सा जिल्लास्थित सशस्त्र प्रहरी बल १३ नम्बर गणले १३ लाख मुल्य बराबरको लत्ता कपडा, मोबाइल पार्टस, मोटर पार्टस, किराना समानहरु, मोटरसाइकल तथा काठ लगायतका समानहरु बरामद गरी भन्सार कार्यालयमा बुझाएको छ ।
जिल्लाका विभिन्न विओपीहरुबाट खटिएको सशस्त्र प्रहरीको टोलीले अवैध रुपमा भन्सार छली भित्र्याइएका समानहरु पक्राउ गरी भन्सार कार्यालय वीरगन्जमा बुझाइएको हो ।
खुला सीमाका कारण हुने अवैध भन्सार चोरी निकासी नियन्त्रण गर्न सशस्त्र प्रहरीलेसक्रिय बढाउँदै बरामद गरेको सामानहरुको बजार मुल्य १३ लाख ४२ हजार ४ सय ७९ रुपैया रहेको सशस्त्र प्रहरी बल नेपाल १३ नम्बर गण पर्साका प्रवक्ता डिएसपी सन्तोषकुमार बस्नेतले जनकारी दिनुभयो ।



















