मनहर्वा,मानव अधिकार तथा शान्ति समाज बाराले १५ औं लोकतन्त्र दिवसको अवसरमा शनिबार बिहान सिमरामा चियापान तथा भेटघाट कार्यक्रम आयोजना गरेको छ ।

समाज बाराले आयोजना गरेको कार्यक्रमलाई जीतपुरसिमरा उपमहानगरपालिकाका मेयर डा. कृष्ण पौडेलले उद्घाटन गर्नुभएको थियो । कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै मेयर डा. पौडेलले लोकतन्त्र स्थापनाका लागि नेपाली जनताको त्याग वलिदान र समर्पणलाई भुल्न नहुने बताउनुभयो ।

१९ दिनसम्मको लामो आन्दोलनबाट स्थापित लोकतन्त्रले जनतालाई निर्णायक बनाएकाले संघीयता सहितको लोकतान्त्रिक संविधान त्यसको उपज भएको उहाँको भनाइ थियो ।

जनताका पक्षमा अझै धेरै काम, विकास र समृद्धि हाँसिल आजको आवश्यकता रहेको भन्दै डा. पौडेलले मानव अधिकार, शान्ति र लोकतन्त्रप्रति प्रतिबद्ध हुन सबैमा आग्रह पनि गर्नु भयो ।

कार्यक्रममा मानव अधिकार तथा शान्ति समाजका पूर्व केन्द्रीय आर्थिक कोअडिनेटर थीरबहादुर श्रेष्ठ, पूर्व केन्द्रीय कोषाध्यक्ष हरि थपलिया, पूर्व जिल्ला सभापति रघुनाथ लामिछाने, पूर्व उपसभापती पुष्पराज खतिवडा, वर्तमान उपसभापती ईन्द्रप्रसाद खनाल, निराजन थापा, भावना आचार्य लगायतको सहभागिता रहेको थियो ।

कार्यक्रम समाजकको जिल्ला सभापती श्रृजना गिरीको अध्यक्षता एवं सचिव लक्षुमन साहको सहजीकरणमा सम्पन्न भएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here