काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्य बढेको छ भने चाँदीको मूल्यमा गिरावट आएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको मूल्य प्रतितोला ७ सय रुपैयाँले बढेर २ लाख ७५ हजार रुपैयाँ कायम भएको छ । अघिल्लो दिन सुन प्रतितोला २ लाख ७४ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।

यता, चाँदीको मूल्य भने प्रतितोला ४५ रुपैयाँले घटेको छ । अघिल्लो दिन ३ हजार ७२० रुपैयाँमा कारोबार भएको चाँदी मंगलबार घटेर प्रतितोला ३ हजार ६७५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

मंगलबार सुनको मूल्यमा वृद्धि हुँदा चाँदीको मूल्यमा भने गिरावट देखिएको छ ।

Leave a Reply