नरेश गुप्ता
बरियारपुर – बिगत लामो समय देखि अतिक्रमणको चपेटामा परेकाे बाराको कलैया सरसफाइमा सक्रियता बढाएको छ । स्थानिय तह र प्रशासनले कलैया बजार भित्रको अतिक्रमण घर टहरा हटाउनुको साथै सरसफाइ पनि गरिएको छ ।

कलैया उपमहानगरपालिका नगर प्रमुख राजेश राय यादव , प्रमुख जिल्ला अधिकारी फणीन्द्र मणि पोख्रेल , प्रहरी प्रमुख बिकास राज खनालको संयुक्त पहलमा कलैयाको भरत चौक देखि बजार क्षेत्रको गल्लिहरुमा अतिक्रमण गरि बनाईएको घर टहरा हटाईएको बाराको प्रमुख जिल्ला अधिकारी फणीन्द्र मणि पोख्रेलले बताए ।
कलैया उपमहानगरपालिकाकाे वडा १ , ४ , ५ , ६ मा अतिक्रमण गरिबनाईएको घर टहराहरु साेमबार बिहानै देखि भत्काईएको हो । हाम्रो कलैया , सफा कलैया उदेश्यले स्थानिय तहले कलैयालाई प्लाष्टिक मुक्त क्षेत्र घोषणा गर्ने अभियान समेत चलाईएको नगर प्रमुख राजेश राय यादवले बताए । बाराको सदरमुकाम कलैयालाई हराभरा सरसफाइ बनाउन स्थानिय तह , नागरिक , प्रशासनको साझा दायित्व रहेको छ ।