मनोज शाह
जीतपुर,जीतपुरसिमरा उपमहानगरपालिकाको वडा नम्बर ८ इमलीपर्तिमा बुधवार दलित समाजको विशेष बैठक सम्पन्न भएको छ ।जीतपुरसिमरा उपमहानगरपालिकाको वडा नम्बर ५ बकुलियाका वडा सदस्य ईन्दल पासवानको अध्यक्षतामा बसेको बैठकले अझैसम्म पनि विकासको मूल धारमा नसमेटिएका तथा सामाजिक, आर्थिक, राजनीतिक दृष्टिले पछि पारिएका दलित समुदायको उत्थानका लागि आगामी दिनमा गर्नुपर्ने कामको बारेमा छलफल गरी विभिन्न निर्णय समे गरिएको बताइएको छ ।

बैठकले दलित समुदायको हक, अधिकारको रक्षा गर्न र समग्र दलित समाजको उत्थानमा टेवा पु¥याउनका लागि आगामी दिनहरुमा बारा क्षेत्र नम्बर ४ स्तरीय स्वजातीय भेला आयोजना गर्ने र आउँदो चैत्र ८ गतेको अन्तर्राष्ट्रिय जातीय उन्मूलन दिवस भव्यताका साथ मनाउने निर्णयसमेत गरेको छ ।यसैगरी जीतपुरसिमरा उपमहानगरपालिकाको वडा नम्बर ७ जीतपुरमा रहेको पासवान समाज एवम् दलितहरुको ऐतिहासिक मन्दिर अर्थात् सलहेश बाबाको मन्दिरको संरक्षणको विषयमा पनि बैठकमा छलफल भएको थियो । दलित समुदायको भगवानको रुपमा रहेका सलहेश बाबा मन्दिरको जमिन स्थानीय केही व्यक्तिले अतिक्रमण गरेर कब्जा गर्ने प्रयास गरेपछि दलित समुदायका स्थानीय आन्दोलत हुदैआएका छन ।

Leave a Reply