निजगढ,केन्द्रीय कमिटी सदस्यमा युवा तथा खेलकुद पुर्वमन्त्री पुरुषोत्तम पौडेल पनि लोकप्रिय मतका साथ विजयी बन्नु भएको छ । केन्द्रीय सदस्यको लागि खुल्लातर्फबाट उम्मेदवारी दिनु भएका पौडेलले १८ सय ६ मत प्राप्त गर्नु भएको छ । पौडेलले प्राप्त गरेको यो मत शीर्ष तेस्रो स्थानमा छ ।

त्यसैगरी बाराका अर्का नेता अच्युत मैनाली र बलबीर चौधरी पनि केन्द्रीय सदस्यमा निर्वाचित हुनु भएको छ । मैनाली खुल्ला र चौधरीले जनजातितर्फबाट केन्द्रीय सदस्यमा विजयी बन्नु भएको हो । पौडेल, मैनाली र चौधरीको जितसंगै बारामा नेकपा एमाले केन्द्रीय सदस्यमा विजयी हुने केन्द्रीय सदस्यको संख्या ६ पुगेको छ ।

बाराकी ज्वाला साह, महमद समिर र मन्जु थापा मगर यसअघि नै केन्द्रीय सदस्यमा निर्विरोध चयन भइसक्नु भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here